वेवारिसे महिलाको उद्धार

   दमक /  दमक वडा नम्बर २ हिमालय माध्यमिक बिद्यालय अगाडी बिगत चारदिन देखी वेसारिसे अवस्थामा रहेकी एक महिलालाई दमक नगर उपप्रमुख रेगिना भट्टराईले उद्धार गरेकी छन् ।

बोल्न नसक्ने एक महिलालाई उप प्रमुख भट्टराईले उद्धार गरि नगरपालीकाले सञ्चालन गरेको सेफ हाउसमा पुर्याएकी स्थानिय गोमा नेपालले बताइन् ।

ईलाका प्रहरी कार्यालय दमकका महिला प्रहरीको सहयोगमा ति महिलालाई तत्काल सेफ हाउसमा लगेर राखिएको नगर उप प्रमुख भट्टराईले बताइन् । ति महिला बोल्न समेत नसक्ने भएकोले तत्काललाई सेफ हाउसमा राखिएको र कोहि आफन्त आए जिम्मा लगाईने उनले बताइन् ।

आइतबार, ०१ साउन, २०७९, साँझको ०५:५१ बजे

सम्बन्धित खवर