दमकमा भूमिहिनलाई धनिपूर्जाको निस्सा वितरण सुरु

साउन १,दमक/  दमकका भूमिहिनलाई धनीपूर्जाको निस्सा वितरण शुरु भएको छ । नगरपालिका वडा नम्बर १० का भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरुलाई धनीपूर्जाको निस्सा वितरण सुरु गरिएको हो । वडा कार्यालयमा एक कार्यक्रमका विच दमक नगरप्रमुख राम थापा, उपप्रमुख रेगिना भट्टराई र राष्ट्रिय भूमि आयोग झापा जिल्ला अध्यक्ष तिलकसिंह पाण्डेले वडाभित्र रहेका भूमिहिनहरुलाई धनिपुर्जाको निस्सा वितरण गरेका थिए ।
कार्यक्रममा नगरप्रमुख थापाले आफुहरु निर्वाचित भएर आए देखिनै पहिलो प्रथमिकतामा राखेर भूमिहिनलाई धनिपूर्जा उपलब्ध गराउने काममा लागेको बताए ।
यसैगरी नगर उपप्रमुख भट्टराईले भूमिहिनको समस्यालाई सदाका लागि अन्त्य गरी समृद्ध नगर निर्माणमा आफुहरु लागिपरेको बताइन् ।
आयोगका झापा अध्यक्ष पाण्डेले प्राप्त निवेदनका आधारमा आयोगले छानविन गरेर चाँडै धनिपूर्जा वितरण कार्यमा लाग्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश १ कोषाध्यक्ष गगन पुरी, कांग्रेस नेता सुरेश सुब्बा, राप्रपाका झापा जिल्ला उपाध्यक्ष बजय बराल, जसपा दमक अध्यक्ष खेम दाहाल, पूर्व वडा अध्यक्ष बोधराज न्यौपाने लगायतले बोलेका थिए ।

आइतबार, ०१ साउन, २०७९, साँझको ०५:५३ बजे

सम्बन्धित खवर