दमकमा जसपा नेपालको पुर्नगठन, अध्यक्षमा भेषराज

   दमक / जनता समाजवादी पार्टी (जसपा) नेपालको पुनर्गठनका लागि आह्वान गरे लगतै नगर र गाउँस्तरीय समितिहरुले पुर्नगठनलाई तिब्रता दिएका छन् ।
सोही अनुसार झापाको दमकमा पनि नगर समिति पुर्नगठन भएको छ । पुर्नगठित समितिको अध्यक्ष भेषराज भट्टराई रहेका छन् । समितिको उपाध्यक्षमा नानुमायाँ पैडेल, संझना योङहाङ र तुलसी ढुंगाना रहेका छन् भने सचिवमा धनपति खतिवडा, सहसचिव विपुल गुरागाई, कोषाध्यक्ष पुरुषोत्तम राई रहेका छन् ।
यसैगरी समितिको सदस्यहरुमा सुरज लिम्बू, करिसा लिम्बू, गोपाल लाखे, नर्वे योङहाङ, राधिका लिम्बू, दिलकुमार पन्धाक, अन्जु बुढाथोकी,कमला लिम्बू, सुवोध राजवंशी, नेपाल मूर्मु, अविनजङ कार्की, सन्तोष अधिकारी, युवराज तामाङ, रामबहादुर राई, ज्योति लिम्बू, खगेन्द्र न्यौपाने र राम लिम्बू रहेको अध्यक्ष भट्टराईले जानकारी दिए ।
जसपाका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको नेतृत्वमा देशभर नै नयाँ पार्टी गठन गर्ने गृहकार्य सुरु भएको छ । अध्यक्ष भट्टराईले असार ३० गते एक विज्ञप्ति जारी गरी जसपा पुनर्गठन गर्न आह्वान गरेका थिए ।

आइतबार, ०१ साउन, २०७९, साँझको ०६:२९ बजे

सम्बन्धित खवर