डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट तीन जना पुरस्कृत

    झापा, १ भदौ / दिवंगत साहित्यकार तथा पत्रकार डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका तीन जना पत्रकारलाई प्रदान गरिएको छ ।

कोरोना संक्रमणका कारण दुई वर्षदेखि स्थगन भएको सो पुरस्कार झापाका पत्रकारहरू जीएन शर्मा, राजु पाठक र लीलाराज झापालीलाई प्रदान गरिएको हो ।

बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुरेन्द्रकुमार कार्कीले उक्त पुरस्कार प्रदान गरेका हुन् ।

प्रेस सेन्टरका केन्द्रीय सचिव विमल लामिछानेको संयोजकत्वमा सेन्टरका जिल्ला अध्यक्ष झुलन रेग्मी र पत्रकार महासंघ झापाका सचिव तथा प्रेस सेन्टर प्रदेश कमिटी सदस्य डिकेश लामा रहेको समितिले तीन जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

समितिले २०७७ सालको पुरस्कार चौतारी पोष्ट अनलाईनका सम्पादक शर्मा, २०७८ सालको पुरस्कार मेची खवर साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ झापाका सह सचिव पाठक र २०७९ सालको पुरस्कार गोरखापत्र दैनिक झापाका समाचारदाता तथा नेपाल पत्रकार महासंघ प्रदेश १ का सदस्य झापालीलाई प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष झुलन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र झापा अध्यक्ष राजु आचार्य (अग्नि), नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष केशव भट्टराई, सहिद डी. कौडिन्यका धर्मपत्नी यमुना आचार्य, पुरस्कृत ब्यक्तित्वहरुको तर्फबाट जिएन शर्मालगायतले शुभकामना मन्तब्य राखेका छन् ।

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ प्रदेश महासचिव बिबेक गौतम, नेकपा माओवादी केन्द्र झापा जिल्ला सहइन्चार्जहरु सिपी कडरिया, ज्योतिसिं दर्लामी, प्रदेश सदस्यहरु कुबेर श्रेष्ठ, बासु दुलाल, सहकारी संघका प्रदेश सचिव भवानी दंगाल, उपमहासचिव राजन केडी, प्रेस युनियनका केन्द्रिय सचिव रेजिना गौतम, प्रेस सेन्टर प्रदेश १ का अध्यक्ष विनोद घिमिरे, मुख्य सचिव सुजन तिम्सिना, पत्रकार महासंघ प्रदेश १ का महासचिव बिबेक गौतम, प्रेस चौतारी झापा अध्यक्ष प्रकाश पौडेल, नारी संचार गृह झापाकी अध्यक्ष भिमा शिवाकोटी, फोनिज झापा अध्यक्ष भुमिका लिम्बू, मिडिया नेपालका झापा अध्यक्ष रन्जित प्रसाईं, माओवादी केन्द्र बिर्तामोड नगर कमिटी अध्यक्ष मोहन सुब्बा, उपाध्यक्षहरु कमल कडरिया, जेबी जबेगु, सचिव गणेश कालिकोटे, अखिल (क्रान्तिकारी) झापा अध्यक्ष रञ्जन धमलालगायत संचारकर्मीहरूकाे नेतृत्वकाे उपस्थिती रहेकाे छ ।
सेन्टरका जिल्ला सचीव उदव पुरीले संचालन गर्नु भएकाे कार्यक्रममा प्राध्यापक, साहित्यकार तथा पत्रकार आचार्यकाे जीवनीबारे नेपाल पत्रकार महासंघ प्रदेश समिति काेषाध्यक्ष तथा प्रेश सेन्टर केन्द्रिय सचीव विमल लामिछानेले प्रष्ट पारेका थिए ।

पुरस्कारको राशि जनही २१ हजार रुपैयाँ रहेको छ । साहित्यकार तथा पत्रकार डी.कौडिन्यलाई तत्कालीन शाही सेनाले २०५९ साल साउन ७ गते पक्राउ गरी चारआलीस्थित व्यारेकमा पुर्याएर हत्या गरेको थियो ।

बुधबार, ०१ भदौ, २०७९, रातीको ०८:०३ बजे

सम्बन्धित खवर