माओवादी केन्द्रको वडा सम्मेलन तयारी पूरा

दमक, १ मंसीर/    दमक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले देशभरका वडाहरुमा यही मंसीर ४ गते निर्वाचन प्रणालीमार्फत वडा समितिको छनौट गर्ने भएको छ । पहिलो पटक निर्वाचन प्रणालीबाट नेतृत्व छनौटको अभ्यास गर्दै रहेको नेकपा माओवादी केन्द्रले ४ गते हुने वडा निर्वाचनको तयारीको लागि मंसीर १ गते नै मतदाता नामावली प्रकाशन गर्ने समयसीमा तोकिसकेको जनाएको छ । जसअनुसार झापा जिल्लाभित्र रहेका वडाहरुमा पनि मतदाता नामावली प्रकाशन भएको छ । पार्टीले वडाको निर्वाचन सम्पन्न गर्न प्रत्येक वडामा निर्वाचन समिति खटाइसकेको छ भने आगामी मंसीर ११ गते हुने नगर र गाउँ निर्वाचनको तयारी गर्नपनि निर्वाचन समितिलाई जिम्मेवारी दिइसकेको छ ।
यसैबीच दमक नगरपालिकाभित्रका सबै वडाहरुमा बुधबार नै मतदाता नामावली प्रकाशन भएको छ । नगरको निर्वाचन समितिले मतदाता नामावलीमाथि दावी विरोध आव्हान र दावी विरोधमाथि छानविन गरी अन्तिम नामावली प्रकाशन गर्ने समयसीमा बुधवार २ बजेसम्मलाई तोकिसकेको नेकपा माओवादी केन्द्र दमक नगर समितिका सम्मेलन आयोजक समिति संयोजक शंकर बस्नेतले जानकारी दिए । उनका अनुसार सबै वडाहरुमा नामावली पठाइसकिएको र दावी विरोधको समयभित्र कुनै दावी विरोध परे छानविन गर्ने जिम्मा पनि निर्वाचन समितिलाई नै दिइसकिएको छ । नगरका वडाहरुमा उम्मेदवारी दर्खास्त आव्हान बुधवार दिउँसो २ः१५ बजेलाई तोकिएको छ भने उम्मेदवारको मनोनयन पत्र दर्ता दिउँसो २ः३० बजेदेखि साँझ ५ बजेसम्म रहने बताइएको छ ।

बुधबार, ०१ मंसिर, २०७८, दिउँसोको ०१:११ बजे

सम्बन्धित खवर