मूल्य वृद्धि तत्काल नियन्त्रण नभए कडा संघर्षमा उत्रिने समाजवादी विध्यार्थी यूनियन चितवनको चेतावनी

समाजवादी विध्यार्थी यूनियन चितवन जिल्ला समितिद्धारा आज प्रतिगामी कदम विरुद्ध र पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका विरुद्ध विरोध कार्यक्रम गरेको छ ।

विहिबार असंवैदानिक कदमको विरुद्ध र मूल्य वृद्धिको विरुद्ध चौविसकोटी भरतपुरमा विरोध सभा भएको छ । सभालाइ सम्बोधन गर्दै समाजवादी विध्यार्थी यूनियन चितवन जिल्ला अध्यक्ष अनुज जोसीले “बढ्दो रुपमा रहेको मूल्य वृद्धिलाइ तत्काल नियन्त्रण गर्न माग गर्नुका साथै समयमा नियन्त्रण नभए समाजवादी विध्यार्थी यूनियन कडा संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन्” ।

नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।
यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इन् न ६७ रुपैयाँ कायम भएको छ।

बिहिबार, ०६ फागुन, २०७७, दिउँसोको ०३:५६ बजे

सम्बन्धित खवर