फागुन ७ बाट दमकमा फुडबेस्टिबलमा हुने

दमक,–झापाको दमकमा फागुन ७ गतेदेखी ‘छैठौं फुड फेस्टिबल’ हुने भएको छ । होटल ब्यवसाही संघ दमकको आयोजनामा यही फागुन ७ गतेदेखि ११ गतेसम्म फुड फेस्टिबल हुने भएको हो । दमक–६ बसपार्कमा छैठौँ फुड फेस्टिबलको सम्पूर्ण तयारी पुरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

नेपाल भ्रमण २०२० लाई लक्षित गर्दै दमकमा फेष्टिवलको आयोजन गर्न लागिएको होटल ब्यासायी संघ दमकका अध्यक्ष राजन दंगालले बताए । जसमा ५० हजार जनाले अवलोकन गर्ने र निशुल्क अवलोकनको ब्यवस्था गरिएको उनले बताए ।

फेस्टिवल अवधीभर पाहुनाहरुलाई दमकका जुनसुकै होटलहरुमा २५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ । देशका अन्य स्थान पनि यस्ता फेस्टिवलको आयोजना गरिने भएता पनि दमकमा आयोजा हुने यो फुड फेष्टिवल भिन्न भएको दंगालले दाबि गरे । फेस्टिवलमा ५० वटा स्टलहरु रहने आयोजकले बताएको छ ।

संघका सदस्य दिपक फुयलका अनुसार फेस्टिबलमा आगान्तुकहरुका लागि स्टलहरुमा स्थानीय जात–जाती जस्तै राई, लिम्बू, धिमाल, नेवार, तामाङ, कुमाल, माझी, गुरुङ आदी जनजातीका परिकारसहित दमकका होटलहरुका आ आफ्नै पंहिचान सहितका परिकार अथवा खानाहरु पाइनेछ ।

यस्तै, स्थानिय स्तरमा उत्पादन भएका कृषि तथा घरेलु उत्पादनका सामाग्रीहरुको प्रदर्शन हुने बताइएको छ । फेस्टिबलभरी विभिन्न जात–जातीका भेषभुषा, साँस्कृतिक कार्यक्रमका साथै प्रत्येक दिन स्थानिय कलाकारको प्रस्तुती रहने आयोजक होटल ब्यवसायी संघ छैठौँ फुड फेस्टिवल मुल आयोजक समितीका संयोजक सुधिर प्रधानले बताए ।

मङ्गलबार, ०६ फागुन, २०७६, साँझको ०६:०७ बजे

सम्बन्धित खवर