तिम्सिनाको जन्मदिन नमूना बाल गृहमा

दिनेश दंगाल

दमक, बैशाख ५/  पछिल्लो समय फजुल खर्च गरेर जन्मदिन मनाउने भन्दापनि समाज सेवामा खर्च गर्नेहरु बढ्दै गएका छन् । यसै मध्यका एक पात्र हुन् दमक स्थित लायन्स क्लव अफ दमक गोल्डका उपाध्यक्ष श्याम तिम्सिना । उनले आप्नो ३८ औ जन्मदिन उर्लावारी स्थित नमूना बाल गृहमा एक कार्यक्रम गरेर मनाएका छन् । उनको जन्मदिन लायन्स क्लव अफ दमक गोल्डले आयोजना गरेको थियो । 

कार्यक्रम क्लवका अध्यक्ष काँशी खातीको अध्यक्षतामा सम्पन्न भएको थियो । जन्मदिनको अवसरमा बाल गृहलाई चामल, दाल, खानेतेल लगायतका सामग्री क्लव मार्फत वितरण गरिएको थियो । जन्म दिन फजुल खर्च गरेर मनाउनु भन्दा सामाजिक सेवामा खर्चनु सकारात्मक भएको अध्यक्ष खातीले बताए । कार्यक्रममा प्रमुख अतिथि रिजन चियर पर्सन प्रहर क्षेत्री रहेका थिए । यसैगरी लायन्स क्लव अफ इस्र्टन लाइनका प्रतिनिधीहरु, दमक गोल्डका पदाधिकारी र प्रतिनिधीहरुको उपस्थिति रहेको कार्यक्रमलाई क्लवका सचिव नविन ताम्रकारले सञ्चालन गरेका थिए ।

बिहिबार, ०५ बैशाख, २०७६, बिहानको ०९:४१ बजे

सम्बन्धित खवर