न्यौपाने मृत अवस्थामा भेटिए

२०७६ असार ३,मोरङ/   पथरी शनिश्चरे नगरपालिका वडा नम्वर २ मा रहेको शुन्दर सामुदायिक वन क्षेत्रमा सोमवार दिउसो मृत अवस्थामा भेटिएका एक व्यक्तिको पहिचान खुलेको छ ।

सोमवार दिउँसो वनमा घास दाउरा गर्न जाने व्याक्तिहरुले वनमा दुर्गन्ध फैलिएको थाहा पाएपछि प एक पुरुष मृत अवस्थामा फेला परेका थिए ।

मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ५ वस्ने बर्ष ७१ का प्रेम प्रसाद न्यौपाने रहेको उनले लगाएको कपडाको आधारमा परिवारले पहिचान गरेको प्रहरीले जनाएको छ ।

विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भए पश्चात उनको परिवार घटना स्थलमै आएर उनले लगाएको कपडाको आधारमा आफ्नो भएको जानकारी दिएको प्रहरीले जनाएको छ ।

मृतककी वुहारी विना न्यौपाने सँगको टेलिफोन सम्पर्कका आधारमा वुवाले प्रयोग गरेको पेन्ट, टि–सर्ट, भित्रि वस्त्र र पेन्टमा प्रयोग गरिएको वेल्ट समेत एउटै रहेको जानकारी दिएकी छिन् ।

न्यौपाने गत जेष्ठ २८ गते विहान मंगलवार विहान देखि आफ्नौ घरबाट सम्पर्क बिहिन भएको सुचना यस अघिनै प्रकाशन प्रसारण भईसेको थियो ।

प्रहरीका अनुसार सोमवार नै उनका आफन्त आई उनले लगाएको कपडाको आधारमा पहिचान गरेको र थप कुरा उनको पोष्टमार्टम रिर्पोट पश्चात वताउन सकिने जनाएको छ ।

उनको शरीर सडिएको अवस्थामा रहेको छ । मृत अवस्थामा फेला परेको ति व्याक्तिको अनुहार चिन्न नसकीने अवस्थामा रहेको छ भने उनले लगाएको पेन्ट खोलीएको अवस्थामा रहेको छ ।

मङ्गलबार, ०३ असार, २०७६, दिउँसोको ०३:१६ बजे

सम्बन्धित खवर