मार्क्सवाद किन पढ्ने ?

हामिलाई मार्क्सवादसम्म पुग्न किन आवश्यक छ ? हामी किन सवै पढ्ने काम जती कमरेडहरुलाई दिएर निकारागुवाको युद्धको विषयमा वा उत्तर कोरिया माथि साम्राज्यवादी आक्रमणमा के हुँदै छ वा प्यालेस्टाइनका जनतामाथी के भइरहेछ भनेर कुरा गर्न सक्दैनौं ? हामिले के हुँदैछ भन्ने वारे आधारभुत मुल्याङ्कन गर्नु पर्छ र त्यो नै हाम्रो वैचारिक हतियारको परिक्षा हुन्छ ।
वुर्जुवाहरुले आफ्नो व्यवस्थालाई आधारभुत रुपमा परिवर्तनको विषय नभई शास्वत रुपमा लिन्छन् । यो मार्क्सवाद भन्दा धेरै भिन्न कुरा हो, जसले हामिलाई पूँजीवाद भनेको अल्पकालिन सामाजिक संरचना हो भनेर पढाउँछ । सामन्तवाद र दास प्रथा जस्तै यसले पनि अर्काे उच्चतम सामाजिक व्यवस्थाका लागि बाटो खाली गराइदिनु पर्छ ।
वुर्जुवाहरुले पूँजीवादी समाजका वास्तविक प्रवृत्तिहरुको वस्तुगत मुल्याङ्कन प्रदान गर्न सक्दैनन्, तिनिहरुले गर्ने सम्पुर्ण काम सबै भन्दा विशालु वर्गको स्वर्थको लागि गणना हुन्छ । जुन साम्राज्यवादी डकैती सँगसँगै संसार भरी फैलिन्छ । मार्क्सवादको समिक्षा गर्नु पर्छ भन्ने हाम्रो प्रस्ताव भविष्यका आँधिहरु र उथलपुथलका निम्ती हामिलाई तयार गर्नु हो । हामिलाई रुढिवादी र पाण्डित्यपूर्ण वयान चाहिदैन । हामिलाई आलोचनात्मक समिक्षा चाहिएको हो । तर त्यो संशोधनवाद र आत्मसमर्पणको विन्दुबाट नभई इतिहासका महान मार्गदर्शकहरुको विरासतको रुपमा पाएका सम्पदालाई सवल र सुदृढ बनाउने विन्दुवाट हो ।
लेनिनका अनुसार साम्राज्यावादका पाँच विशेषताहरुः
साम्राज्यावादका कमसेकम पाँच ओटा विशेषताहरु छन्, जसलाई पूँजीवादको वर्तमान अवस्थाको चरित्र निरुपण गर्दा लेनिनले महत्वपूर्ण ठानेका थिए । र ति विशेषताहरु सतहत्तर वर्षपछि पनि उत्तिकै सार्थक छन् । उनले सवैभन्दा पहिले उत्पादनको केन्द्रिकरण, पूँजीको केन्द्रिकरण र प्रतिस्प्रधाको एकाधिकारवादमा विकाश हुन्छ भन्ने कुरा उल्लेख गरेका छन् ।

एकाधिकार र प्रतिस्प्रधाका विचको अन्तरक्रिया के हो ? एउटाले अर्काेलाई विस्थापित गर्दैन ? ति दुवै सह–अस्तित्वमा हुन्छन् ? लेनिनको समयभन्दा अहिले यो कसरी फरक छ ?
वुर्जुवाहरुले सधै प्रतिस्प्रधा र एकाधिकार वारे छलफल गर्छन् । अदालतमा हजारौं मुद्धाहरु छन्, जसले तिनिहरुको आफ्नो समस्याहरुको दृष्टिविन्दुवाट एकाधिकार र प्रतिस्प्रधासँग सम्वन्ध राख्दछन् । एक तर्फ तिनिहरुले एकाधिकारलाई रोक्न खोज्छन्, त्यति हुँदा हुँदै पनि फेरी उनिहरुले यसलाई सवल वनाउन चाहन्छन् ।
लेनिनले हामिलाई बैंकिङ् पूँजी कसरी औद्योगिक पुँजीसँग गाभिन्छ भन्ने कुरा र वित्तिय पूँजिको निर्माणको वारेमा बताउछन् । त्यसपछी त्यहाँ पूँजीको निर्यात हुन्छ । जुन मालहरुको निर्यात भन्दा भिन्न रुपमा अत्यान्तै महत्वपूर्ण हुन्छ । अमेरिकाले माल सामानको मात्रै निर्यात नगरी पुरै विश्वभरी ऋण पनि दिन्छ । लेनिनले अन्तराष्ट्रिय पूँजीवादी एकाधिकारको निर्माणको वारेमा लेख्छन्, जसले विश्वलाई आपसमा भागवण्डा गर्छ ।
तर यो एउटा स्थाई सहमति होइन, तिनिहरुले फैसला गर्नको लागि अदालतहरु निर्माण गर्छन्, र न्याय कर्ताहरुको पनि नियुक्ती गर्छन् । तर, सम्झौता पुरा गर्न सक्दैनन्, किनकी तिनिहरु चोर र डाँकाहरु हुन । तिनिहरु विच भद्र सहमतिको अपेक्षा गर्नु नै काल्पनिक हुन्छ, विशेष गरी जब अरवौं डलर लगानिमा हुन्छ ।
विश्वको पुनः विभाजन
लेनिका अनुसार विश्व(जति वेला १९१६ मा ‘साम्राज्यवाद’ लेखे त्यतिवेला नै ठुला पूँजीवादी शक्तिहरुका विचमा विभाजित भैसकेको थियो । त्यस पछिका युद्धहरुले धैरै कुराहरुको खारेजी गरिसकेका छन् । केही साम्राज्यवादी देशहरु शक्तिशाली बनेका छन भने केही कमजोर वनेका छन्, जापान शक्तिशाली बनेको छ । वेलायत, हल्याण्ड, वेल्जियम र अरु देशहरु कमजोर बनेका छन्, तिनिहरुको ठाउँ निश्चित रुपमा अमेरिकी साम्राज्यवादले नै लियो । र यसले जो कमजोर छन् ति सवैमाथी कब्जा जमाउन खोज्छ ।
साम्राज्यवादको आधारभुत विशेषता भनेको पूँजीवादी राज्यलाई बैंक र उद्योगसँग संयोजन गर्नु पनि हो । उद्योगपतिहरु आफुहरुका विचमा स्वतन्त्रताको कुनै रुपलाई कायम गरी राख्नको लागि वित्तिय पूँजीपतिहरुका विरुद्ध संघर्ष गर्छन् तर यो स्वतन्त्रता उल्टिन्छ र ठुला वित्तिय र औद्योगिक संस्थानहरु गाभिन्छन् । यसले अन्तरविरोधको हल त गर्दैन तर सहमतिको निश्चित क्षेत्रभित्र ल्याउँछ ।
साम्राज्यवादको आधारभुत विशेषता भनेको पूँजीवादी राज्यलाई बैंक र उद्योगसँग संयोजन गर्नु पनि हो । उद्योगपतिहरु आफुहरुका विचमा स्वतन्त्रताको कुनै रुपलाई कायम गरी राख्नको लागि वित्तिय पूँजीपतिहरुका विरुद्ध संघर्ष गर्छन् तर यो स्वतन्त्रता उल्टिन्छ र ठुला वित्तिय र औद्योगिक संस्थानहरु गाभिन्छन् । यसले अन्तरविरोधको हल त गर्दैन तर सहमतिको निश्चित क्षेत्रभित्र ल्याउँछ ।
हेनरी फोर्ड र वित्तिय पूँजी
हेनरी फोर्ड र उनको साम्राज्य अधिक समयसम्म पारिवारिक इकाइको रुपमा रह्यो । न कुनै बैंक न विमा कम्पनिले फोर्ड कम्पनी स्वामित्वमा लिए यो सवै एउटा परिवारको स्वामित्वमा थियो । खास वास्तविक समस्या के थियो त ? उनले आफ्नो औद्योगिक साम्राज्य वित्तिय पूँजीलाई सुम्पन चाहादैनथे । उनले यो परिवारमै होस् भन्ने चाहन्थे । लेनिनको साम्राज्यवादी अवधारणबाट हेर्ने हो भने फोर्ड एउटा उद्योगिको रुपमा आफ्नो औद्योगिक साम्राज्यसँग वित्तिय पूँजीको संयोजनलाई छल्न प्रयत्न गरिरहेका थिए ।
अन्त्यमा उनि र उनका छोरा झुक्न वाध्य भए । उनिहरुले यसलाई ‘स्टकहोल्डिङ् कम्पनी’ बनाए । जहाँ सवैले सेयर खरिद गर्न सक्थे । वालस्ट्रिटका फर्महरु जसले सेयर वेच्छन् र बजारमा पठाउँछन्, जसले ऋण लिने दिने काम गर्छन, तिनिहरुले यसलाई अन्य कम्पनीहरु जनरल मोटर्स, क्रिस्लर, आइविएम जस्तै बनाइदिए ।
साम्राज्यवादी युगमा स्वतन्त्र अस्तित्व कायम गर्न सम्भव छैन्, जवसम्म तपाई पैसा गुमाउन चाहानुहुन्न तवसम्म बैंकलाई वाहिर राख्नै सक्नु हुन्न । उनी अन्ततः वित्तदाता सामु झुके । किनकी यदी उनि स्वतन्त्र रहन खोजेको भए प्रतिस्प्रधात्मक धार गुमाउन सक्थे । साम्राज्यवादी उद्योग र साम्राज्यवादी वित्तका विचको सम्वन्धको संयन्त्र कस्तो हुन्छ, भित्रि रुपमा कसरी काम गर्छ भन्ने कुरा हामिले वुझ्नु जरुरी छ ।
वित्तिय पूँजी र राज्यको संयोजन
हामीलाई थाहा भएसम्म पूँजीवादी राज्यका तीन ओटा अंङ्गहरु हुन्छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका । व्यवस्थापिका सवैभन्दा चर्चित र आर्थिक नियन्त्रण गर्ने शक्ति भएको अंङ्ग हो । विशेषगरी नागरिक अधिकार ऐन पारित भैसके पछी शाशक वर्ग सधैभरी जन निर्वाचित अंङ्गसँग डराउछ । शासक वर्गले गैर सरकारी कर्मचारी वर्ग जसले पूँजीवादी राज्यको अनौपचारीक राजनीतिक अंङ्गको काम गर्छ । तिनीहरुलाई प्रचारक भनिन्छ । तिनीहरु निर्वाचित प्रतिनिधी भन्दा माथिका शक्ति हुन ।
लेनिनवादीहरुले मताधिकार र संसदिय निर्वाचनलाई फगत जनसमुहलाई परिचालन गर्ने, जनसमुहलाई जागृत बनाउने तरिकाको रुपमा लिन्छन, याे प्रणाली भित्र कुनै उदेश्यलाई सम्पन्न गर्ने रुपमा होइन ।
यदि तपाइहरुलाई विधेयकको व्याख्या चाहियो भने यि प्रचारकहरुसँग पाइन्छ । यदि तपाइले कुन सांसदले कसलाइै भोट दियो भनेर सोध्नु भयो भने त्यो पनि उनीहरुले भन्नेछन् । र तिनिहरुले रात दिन काम गर्छन र वासिङटन डिसीमा सर्वव्यापक छन् । लवि गर्ने प्रचलनले सरकारी संयन्त्रलाई कंग्रेस भन्दा माथि उचालिदिएको छ जुन साम्राज्यवादी युगमा वलियो भन्दा बलियो बन्दै गएको छ । संविधानमा व्यवस्था गरिए वमोजिमको संसदिय प्रकृयामा गतिरोध गर्ने यो गैर–न्यायिक संंयन्त्र हो । यस अर्थमा लेनिनवादीहरुले मताधिकार र संसदिय निर्वाचनलाई फगत जनसमुहलाई परिचालन गर्ने, जनसमुहलाई जागृत बनाउने तरिकाको रुपमा लिन्छन, याे प्रणाली भित्र कुनै उदेश्यलाई सम्पन्न गर्ने रुपमा होइन ।

अनुवादकः विष्णु अधिकारी
(साम मर्सिले १९९३ मा व्यक्त गरेकाे विचारकाे भावानुवाद )

मङ्गलबार, ०३ असार, २०७६, दिउँसोको ०३:५५ बजे

सम्बन्धित खवर