देउवालाई मत दिने नेता पार्टीमा नरहने एमाले स्थायी कमिटीको निर्णय

काठमडौं / नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिने आफ्ना नेताहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

एमालेको आज बसेको स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बताए । ‘देउवालाई विश्वासको मत दिनेहरु एमालेमा रहँदैनन्,’ उनले भने ।

प्रधानमन्त्री देउवाले आज संसदबाट विश्वासको मत लिँदै छन् । उनलाई विश्वासको मत दिने एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले निर्णय गरिसकेको छ ।

आइतबार, ०३ साउन, २०७८, दिउँसोको ०२:०२ बजे

सम्बन्धित खवर