प्रधानमन्त्री देउवालाई जसपाका २० साम्सदले बिश्वासको मत दिने

बैकल्पिक खवर

प्रधानमन्त्री शेरबहादुर देउवालाई दिने विश्वासको मतबारे औपचारिक निर्णय गर्न जसपाको संसदीय दलको बैठक बसिरहेको छ। बालकुमारीस्थित पार्टी कार्यालयमा बसिरहेको बैठकमा अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षधर सांसदहरुको सहभागिता रहेको छ। आजको बैठकमा २० जना साम्सदहरुको सहभागीता रहेको छ ।

जसपा नेता तथा पुर्वमन्त्री मोहम्मद इश्तियाक राईले २० जना सहभागी भएको जनाएका छन । सामाजिक संजालमा ट्विट गर्दै राइले २० जना सहभागी भएको जनाएका हुन । ‘आज जसपा दलको बैठकमा १८+२=२० जना सहभागी !’, उनले लेखेका छन्। जेठ ७ गते प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्दा यादव पक्षका १२ जना सांसद्ले मात्रै हस्ताक्षर गरेका थिए। प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्दा पनि सो पक्षका १२ जनाले हस्ताक्षर गरेका थिए।सर्बोच्च अदालतले प्रतिनिधिसभा विघटनको कदमलाई बदर गर्दै शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारीगरे संगै जसपाको ठाकुर – महतो पक्षमा रहेका साम्सदहरु धमाधम कित्ता परिवर्तन गरिरहेका छन ।

अन्य  सांसदहरु पनि निरन्तर सम्पर्कमा रहेको नेता इस्तियाक राइले बताए उनले थप ४/५ जना साम्सदहरु आफूहरुको पक्षमा आउने बताए । यसअघि महन्थ ठाकुर पक्षमा रहेकी रेणुका गुरुङ आज उपेन्द्र पक्षको बैठकमा छन्। राजकिशोर यादव र गोविन्द चाैधरीले  पनि देउवालाई विश्वासको मत दिने जसपा नेताहरूको दाबी छ। तर यादव अहिले सम्म कतैपनि खुलेका छैनन ।                                  जपसा श्रोतका अनुसार समानुपातिक साम्सद रुहि नाज उपत्यका बाहिर रहेकाले बैठकमा १९ जनाको सहभागीता रहेको जनाइएको छ । नाज सिधै संसद बैठकमा उपस्तिथ हुने जसपाले जनाएको छ ।

आइतबार, ०३ साउन, २०७८, दिउँसोको ०३:५५ बजे

सम्बन्धित खवर