चट्याङ लागेर ५२ जनाको मृत्यु

दमक/ चट्याङ लागेर तीन महीनामा ५२ जनाको मृत्यु र १२३ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार‚ वैशाख, जेठ र असारमा चट्याङकै कारण २०९ परिवार प्रभावित भएका छन् । यस्तै‚ सोही अवधिमा विपद्का घटनामध्ये सबैभन्दा धेरै आगलागी भएको छ । आगलागीका ५८८ वटा घटनामा १९ जनाको मृत्यु र ७३ घाइते भएका छन्।
तीन महीनामा पहिरो, बाढी, सर्पदंश, आगलागी, हावाहुरी, चट्याङ लगायत ११ सय वटा विपद्का घटना भएको प्राधिकरणले जनाएको छ । जसबाट १२३ जनाको मृत्यु, ३०७ जना घाइते र एक हजार ४२१ परिवार प्रभावित भएका छन्। यी घटनाबाट प्रभावितहरूलाई ६९ करोड रुपैयाँभन्दा बढी रकमको क्षति भएको प्राधिकरणले जनाएको छ ।

सोमबार, ०२ साउन, २०७९, दिउँसोको ०४:०३ बजे

सम्बन्धित खवर