आँसुबाट पनि कोरोना सर्ने खतरा !

अब आँसुबाट पनि कोरोना संक्रमण सर्न सक्ने खतरा रहेको एक अध्ययनले देखाएको छ। भारतको अमृतसारस्थित गभरमेन्ट मेडिकल कलेजको एक रिसर्चमा यो दाबी गरिएको छ।
उक्त मेडिकल कलेज पीसीआर रिपोर्ट आएको ४८ घण्टाभित्र संक्रमित व्यक्तिको आँशुको नमुना लिएर परीक्षण गरिएको थियो। उक्त परीक्षणपछि आँसु पनि कोरोना इन्फेक्सनको सम्भावित कारण हुन सक्ने बताइएको छ।
१२० जना मानिसहरुमा यो अध्ययन गरिएको बताइएको छ। रिसर्च डा प्रेमपाल कौर, डा गौरांग सहगल, डा शैलप्रीत, केडी सिंह र भावकरण सिंहले गरेका हुन्। अनुसन्धानकर्ताहरुले आँखाका डाक्टरहरुलाई अधिक सावधानी अपनाउनसमेत भनेका छन्।

बुधबार, ०२ भदौ, २०७८, बिहानको १०:५८ बजे

सम्बन्धित खवर