दमकका बिद्यालयमा धमाधम व्यवस्थापन समिति बन्दै, कुनको अध्यक्ष को ?

  दमक/ दमकका सामुदायिक बिद्यालयहरुमा धमाधम बिद्यालय व्यवस्थापन समिति गठन गरिएका छन । नगरमा रहेका कूल २१ सामुदायिक बिद्यालय मध्ये हाल सम्म १४ बिद्यालयमा बिद्यालय व्यवस्थापन समिति गठन भइसकेको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

व्यवस्थापन समिति बिद्यालयको अभिभावक संस्थाका रुपमा रहने व्यवस्था छ । शैक्षिक गुणस्तर बृद्धिसंगै बिद्यालयको भौतिक तथा पूर्वाधार बिकासलाई प्राथमिकतामा राखेर व्यवस्थापन समितिमा नेतृत्व लिन रस्साकस्सी गर्ने राजनीतिक तथा सामाजिक व्यक्तित्वहरु बिद्यालय व्यवस्थापन समितिमा रहन इच्छुक देखिने गरेका छन ।
दमक ९ स्थित पाणिनी माविको व्यवस्थापन समिति अध्यक्षमा स्थानीय गोपाल तामागं निर्वाचित भएका छन । तामागं भूतपूर्व गोर्खा सैनिक पनि हुन । स्थानीय सामाजिक गतिबिधिमा क्रियाशील उनी नेपाली कांग्रेसका स्थानीय नेता समेत हुन ।
दमक ३ स्थित ढुकुरपानी माविको व्यवस्थापन समिति अध्यक्षमा दमककै पुराना सामाजिक तथा राजनीतिक व्यक्तित्व हिमालय प्रसाद दाहालले जिम्मेवारी सम्हालेका छन । दाहाल यहाँका पुराना र स्थापित सामाजिक राजनीतिक पहिचान बनाएका अनुभवी नेकपा एमालेका नेता हुन ।

दमकमा अर्को पुरानो इतिहास बोकेको वडा नं. ९ इटाभटटास्थित सरस्वती माविको व्यवस्थापन समितिको नेतृत्व यहाँका स्थापित राजनीतिक व्यक्तित्व गगन पुरीले लिएका छन ।
सो बिद्यालयको व्यवस्थापन समितिका सदस्यहरुमा पुण्यप्रसाद भट्टराई, नगेन्द्रप्रसाद थापा, दिपा अर्याल, गोमादेवी कटुवाल र शुशिला अधिकारी चयन भएका छन भने वडा नम्बर ९ का वडा अध्यक्ष कुवेरप्रसाद भट्टराई समितिको पदेन सदस्य रहने व्यवस्था छ । व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधिका रुपमा डिल्लिराम मिश्र चयन भएका छन । समितिको सदस्य सचिवमा बिद्यालयका प्रधानाध्यापक पदेन रहने व्यवस्था अनुरुप नरवहादुर थापा समितिको सचिवका रुपमा रहेका छन ।

यसअघि दमक २ स्थित सरस्वती आधारभुत बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सोही बिद्यालयका भूतपूर्व बिद्यार्थी रमेश गुरागाइँ चयन भइसकेका छन । सामुदायिक बिद्यालयलाई गुणस्तरीय बनाउन जोड दिदैं बिद्यालयमा विभिन्न किसिमका शैक्षिक अभियानहरुको नेतृत्व गर्दै आएका गुरागाइँ सर्वसम्मत रुपमा व्यवस्थापन समितिको अध्यक्ष बनेका हुन । गुरागाइँ माओवादी केन्द्रका बौद्धिक नेताका रुपमा चिनिन्छन ।
त्यसैगरी दमक १० स्थित सिंहदेवी माविको व्यवस्थापन समितिको नेतृत्व चयनका लागि मतदाननै गर्नुपरेको छ । सो बिद्यालयको व्यवस्थापन समिति अध्यक्षमा एमाले निकट प्रेम न्यौपाने निर्वाचित भए । दमक ४ स्थित बिद्योदय माविमा पनि व्यवस्थापन समितिका चार जना सदस्यहरुको चयन भइसकेको छ । छिटटै व्यवस्थापन समिति पूर्ण रुपमा गठन हुने प्रकृयामा रहेको जनाइएको छ ।
यसैगरी दमक ४ कै जनचेतना आधारभुत बिद्यालयको व्यवस्थापन समिति अध्यक्षमा समुन्द्रा लामा चयन भएकी छिन । यस्तै महालक्ष्मी आधारभुत बिद्यालय दमक–९ को बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा खेमनाथ निरौला चयन भएका छन ।

बिहिबार, ०२ भदौ, २०७९, बिहानको ०७:४३ बजे

सम्बन्धित खवर