दमकमा भूमिहिनलाई निस्सा वितरण

 दमक/ दमक नगरपालिकाले नगरको वडा नम्बर १ का भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई धनिपूर्जाको निस्सा वितरण गरेको छ । स्थानीय नवदुर्गा मन्दिरमा विहिवार एक कार्यक्रमको आयोजना गरी दमक नगरप्रमुख राम थापा र उपप्रमुख रेगिना भट्टराईले वडाभित्र रहेका भूमिहिनहरुलाई धनिपूर्जाको निस्सा वितरण गरेका हुन् ।
दमक वडा नम्बर १ का वडा अध्यक्ष हरि न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा भूमिहिनहरुलाई निस्सा वितरण गर्दै नगर प्रमुख थापाले आफुहरु निर्वाचित भएर आएदेखीनै पहिलो प्रथमिकतामा राखेर भूमिहिनलाई धनिपूर्जा उपलब्ध गराउने काममा लागेको बताए । अघिल्ला जनप्रतिनिधिले यसमा कुनै काम नगरेकाले केहि समय लागेको भन्दै नगरप्रमुख थापाले अब द्रुत गतिमा काम हुने बताए । त्यसैगरी नगर उपप्रमुख भट्टराईले भूमिहिनको समस्यालाई सदाका लागि अन्त्य गरी समृद्ध नगर निर्माणमा आफूहरु लागिपरेको बताएकी छन् । प्राबिधिक कामले केहि ढिलाई भए पनि आगामी संघीय निर्वाचन अघिनै धनीपूर्जा उपलब्ध गराउने गरी काम गरिरहेको बताइन् ।
कार्यक्रममा र राष्ट्रिय भूमि आयोग झापा जिल्ला अध्यक्ष तिलकसिंह पाण्डेले प्राप्त निवेदनका आधारमा आयोगले छानविन गरेर चाँडै धनिपूर्जा वितरण कार्यमा लाग्ने प्रतिबद्धता जनाए ।

बिहिबार, ०२ भदौ, २०७९, साँझको ०५:२६ बजे

सम्बन्धित खवर