संविधान दिवसका अवसरमा झापामा विविध कार्यक्रम

१ आश्विन, झापा /  जिल्लामा संविधान दिवस भव्य र हर्षोल्लासका साथ दीपावलीसहित विविध कार्यक्रम गरी मनाउने निर्णय गरिएको छ ।

जिल्लास्तरीय मूल समारोह समितिको बैठकले यही असोज २ देखि ४ गतेसम्म चोक, मठमन्दिर, गुम्बा, चर्च, गुरुद्वारा र मस्जिद सरसफाइ गर्ने र साँझ दीपावली गरेर संविधान दिवस मनाउने निर्णय गरेको छ ।

समितिले “संविधान कार्यान्वयनको छ वर्ष र लोकतन्त्र” विषयमा अन्तरमावि निबन्ध प्रतियोगिता सञ्चालन गर्ने, ३ गते कारागारमा रहेका कैदीबन्दीलाई खेलकूदका सामग्री हस्तान्तरण गर्ने, चन्द्रगढीस्थित ट्रेड युनियन चोकमा दीप प्रज्वलन गर्ने र मेची अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको सहायक प्रमुख जिल्ला कृष्ण शाहीले बताए ।

समितिले जिल्लाका स्थानीय तह तथा सामाजिक, धार्मिक र विभिन्न सङ्घसंस्थालाई संविधान दिवस भव्य रुपमा मनाउन आग्रह गरेको छ ।

शनिबार, ०२ असोज, २०७८, बिहानको ०८:४८ बजे

सम्बन्धित खवर