उर्लाबारी उवासंघ अध्यक्षमा एमालेका भण्डारी निर्वाचित

उर्लाबारी,२ असोज /   नेपाली कांग्रेसको पकड मानिएको उर्लाबारी उद्योग वाणिज्य संघमा आफनो बश्र्चव गुमाएको छ । लामोसमयदेखि आफनो पकड कायम गरिआएको संघको निर्वाचनमा पार्टी भित्र घात हुदाँ अध्यक्षसहित अधिकांस पदमा पराजय व्यहोर्नु परेको छ ।

शुक्रवार सम्पन्न अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा एमालेका शेरबहादुर भण्डारी निर्वाचत भए भने कांग्रेसका प्रत्यासी तारामान सिरेङ लिम्बू पराजित हुन पुगे । प्रगतिशील साझा प्यालनबाट उम्मेद्वार बनेका भण्डारीले ७८९ मत ल्याएर विजयी भए भने लोकतान्त्रिक प्यालनका लिम्बूले ६३० मत प्राप्त गरेका थिए । कांग्रेसभित्र मोरङ क्षेत्र नं १ का क्षेत्रीय सभापति तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोनिकट मानिने लिम्बूको पराजयलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेसभित्रको आन्तरिक किचलोका कारण लिम्बू पराजयको शिकार बनेको जनाइएको छ ।
१३ सदस्यीय कार्यसमितिमा प्रगतिशील साझा प्यानलबाट अध्यक्षसहित ७, लोकतान्त्रिक प्यालनबाट ५ र स्वतन्त्र १ जना निर्वाचित भएका छन् । लेखा समितिमा दुई जना लोकतान्त्रिक र १ जना प्रगतिशील साझाका उम्मेद्वार विजयी भए । संघको बरिष्ठ उपाध्यक्षमा यमलाल रसाइली १ मत अन्तरका साथ विजयी भए ।

रसाइलीले ६७५ ल्याउँदा प्रतिस्पर्धी दिलबहादुर श्रेष्ठले ६७४ मत मात्र पाए । रसाईली नेकपा माओवादी केन्द्र समर्थक ब्यवसायी हुन भने श्रेष्ठ कांग्रेसनिकट ब्यवसायी हुन् । उद्योग उपाध्यक्षमा जंगबहादुर कार्की ८३७ मतका साथ विजयी भए । उनका प्रतिद्वन्दी रामप्रसाद धिमालको पक्षमा ४७२ मत प्राप्त भयो । कार्की राप्रपा र धिमाल जसपानिकट ब्यवसायी हुन् ।
यस्तै, बाणिज्य उपाध्यक्षमा निर्मला चौहान विजयी भईन् । उहाँले ८०७ मत मत ल्याउँदा प्रतिस्पर्धी पवन चौधरीले ५४६ मत प्राप्त गरे । चौहान कांग्रेस र चौधरी नेकपा माओवादी केन्द्र निकट हुन् ।
संघको महासचिवमा लोकतान्त्रिकका हेमराज गुरुङ ६८३ मतका साथ विजयी हुँदा महासचिव पदकी उम्मेद्वार सम्झना खतिवडा आचार्यको पक्षमा ६७० मत प्राप्त भयो । गुरुङ कांग्रेस र आचार्य एमाले निकट हुन् ।
उद्योग सचिवमा डिल्लीराम खतिवडा निर्वाचित भए । ७१५ मत ल्याएका खतिवडाका प्रतिस्पर्धी पूर्ण सिंगक लिम्बूले ६१६ मत प्राप्त गरे । खतिवडा एमाले र लिम्बू कांग्रेसनिकट हुन् । यस्तै, वाणिज्य सचिवमा ७३८ मतका साथ भेषबन्दु निरौला विजयी भए । उनका प्रतिस्पर्धी यज्ञबहादुर बस्नेतले ५८२ मत ल्याए ।

निरौला कांग्रेस र बस्नेत नेकपा एकीकृत समाजवादीनिकट हुन् । कोषाध्यक्षमा राजन दाहाल विजयी भए । उनले ७०९ र प्रतिस्पर्धी कृष्णराज गिरीले ६१२ मत प्राप्त गरे । दाहाल माओवादी र गिरी कांग्रेस निकट हुन् ।
कार्यसमिति सदस्य पदमा स्वतन्त्र उम्मेद्वार गोपाल भण्डारी सर्वाधिक मतका साथ विजयी बने । उनले ९१९ मत प्राप्त गरे । कार्यसमितिका अन्य सदस्यहरुमा नित्तम चौहान ७३०, नुतन राई पिके ६३३, राजकुमार श्रेष्ठ ५९२ र दशरथ यादव बेचन ५३८ विजयी भए । चौहान र राई एमाले तथा श्रेष्ठ र यादव कांग्रेसनिकट हुन् ।
यस्तै, लेखा समिति संयोजकमा लोकतान्त्रिक गठबन्धनका गणेश खत्री निर्वाचित भए । उनले ६६१ मत ल्याउँदा प्रतिस्पर्धी गजिन्द्र भण्डारीले ६११ मत प्राप्त गरे । लेखा समिति सदस्यमा राधिका काफ्ले ६८८ र रोशन घिमिरे ६४४ मतका साथ विजयी भए । खत्री र घिमिरे कांग्रेसनिकट हुन् भने काफ्ले माओवादीनिकट हुन् ।

कार्यसमितिमा महासचिबसहित ५ पदमा कांग्रेसनिकट ब्यवसायी विजयी भए भने अध्यक्षसहित ४ जना एमाले समर्थकको विजयी भएका छन् । बरिष्ठ उपाध्यक्षसहित २ जना माओवादी केन्द्र निकटका र उद्योग उपाध्यक्षमा राप्रपा र एक जना स्वत्रन्त्रले सदस्य पद जितेका छन् । लेखासमितिमा कांग्रेसका दुई र एक जना माओवादी केन्द्रले जितेका छन् ।

शनिबार, ०२ असोज, २०७८, दिउँसोको १२:०२ बजे

सम्बन्धित खवर