राजनीतिक तनाब बढेका बेला किन सम्झिए ओलीले करिष्मालाई ?

काठमाडौं, असोज २ /  राजनीतिक तनाब बढेका बेला पूर्व प्रम ओलीले करिष्मालाई सम्झिएका छन् । अभिनेत्री करिश्मा मानन्धरलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरेका छन् ।

पूर्वप्रधानमन्त्री ओलीले बुधबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी करिश्मालाई परीक्षाको विषयमा बुझ्न टेलिफोन गरेका हुन् ।

करिश्माले सामाजिक सञ्जालमा आफूलाई पूर्वप्रधानमन्त्री ओलीले फोन गरेर परीक्षाको विषयमा जानकारी लिएको बताएकी छन् ।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै करिश्माले ओलीले अभिभावकले छोराछोरीलाई जस्तै गरी फोन गरेको र आफ्नो परीक्षाबारे जानकारी लिएको पनि बताएकी छन् ।

शनिबार, ०२ असोज, २०७८, दिउँसोको १२:१४ बजे

सम्बन्धित खवर