मेयर राईद्वारा राजारानी ताल संरक्षण र सौन्दर्यकरण योजनाको शिलान्यास

बैकल्पिक खवर

 

लेटाङ/  सुनाखरीको राजधानी मानिने उत्तरी मोरङको लेटाङ–१ स्थित राजारानी ताल संरक्षण र सौन्दर्यकरण योजनाको आज शिलान्यास नगर प्रमुख शंकर राईले गर्नु भएको छ ।

नगर प्रमुख शंकर राईले उत्तरी मोरङको पर्यटन बिकासमा राजारानी तालको विकासले ठूलो महत्व राख्ने बताउनु भयो । उहाँले यो आयोजना ल्याउँनका लागि ठूलो मेहनत गर्नु परेको उल्लेख गर्दै भन्नुभयो– समयमा नै आयोजना सम्पन्न गरेर उदाहरण प्रस्तुत गर्न निर्माण ब्यावसायी साग आग्रह गर्नुभयो । नगरपालिकाले काम गर्न सहजीकरण गर्ने बताउँदै उहाँले कुनै अबरोध सिर्जना भए नगरपालिकासँग समन्वय गर्न सुझाउनु भयो ।                       

संघीय सरकारको ६५ प्रतिशत अनुदानमा लेटाङ नगरपालिकाले ३५ प्रतिशत लगानी गरी राजारानी पर्यटन पूर्वाधार बिकास आयोजना तयार भएको हो । गत वर्ष १६ करोड ८१ लाख ९५ हजार ७९७ रुपियाँको विस्तृत सम्भाब्यता अध्ययन भएको थियो । तर, पर्यटन तथा संस्कृति मन्त्रालयले तत्काल पर्याप्त बजेट उपलब्ध नगराउने भएपछि नयाँ सम्भाब्यता अध्ययन गरी ६ करोड ९३ लाख ६७ हजार ८२५ रुपियाँ खर्च हुने गरी आयोजनाको डिपीआर तयार गरेको थियो ।                           
आयोजना निर्माणका लागि जेठ २ गते नगरपालिका र सीएम जोसी एण्ड जेभी सँग सम्झौता भइसकेको छ । निर्माण कम्पनीले कुल ५ करोड ६० लाख ९८ हजार ११२ रुपियाँमा ठेक्का सम्झौता गरेको हो । २०७९ सालको फागुन ११ गते निर्माण कम्पनीले नगरपालिकालाई आयोजनाको काम सम्पन्न गरी हस्तान्तरण गर्नु पर्नेछ । आयोजना अन्तरगत राजारानी ताल परिसरको ४२० रोपनी क्षेत्रफलको घेरावार, काठको भ्यु टावर, दुई वटै तालको पानी संरक्षण हुनेगरी ढुङ्गाको घेरावारा लगाई त्यसको वरिपरिबाट मानिसले अवलोकन गर्न सक्ने बनाइने छ । यस्तै ठाउँ–ठाउँमा चमेना गृह, टिकट काउण्टर,पर्यटकले आराम गर्ने फलैचा र सार्वजनिक शौचालय निर्माण गरिने छ ।

कार्यक्रममा उपप्रमुख कृष्णकुमारी निरौला , प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहाल लगायत वडा अध्यक्षहरुको पनि उपस्तिथि रहेको थियोे ।- letang khabar

बिहिबार, ०२ मंसिर, २०७८, साँझको ०७:५४ बजे

सम्बन्धित खवर