चुइङगम चपाइले कोभिड सराइ कम गराउन सक्ने

काठमाडौं, ३ पुष/ चुइङगम चपाइले कोभिड –१९को सराइमा कमी ल्याउन सक्ने एक नयाँ अध्ययनले जनाएको छ ।
वैज्ञानिकहरूले चुइङगम चपाइले निस्कने रालले भाइरस भार(भाइरल लोड)लाई कम गर्न सक्ने जनाएका छन् ।
चुइङगमले राललाई महत्वपूर्णस्तरमा भाइरल लोडलाई कम गर्न सक्ने सो अध्ययनमा जनाइएको हो ।
यसमा सहभागीहरूको श्वास ‘मिन्टी फ्रेस’ भएको वैज्ञानिकहरूले जनाए ।
दि एङिओटेनसिनले इन्जाइम टुमा परिवर्तन (एसटु)मा परिवर्तन गर्छ । यो ग्रहणकर्ता (रिसेप्टर्स)फोक्सो, मृगौंला, जीआई नली, मुटु र कलेजो जस्ता भागका धेरै तन्तुहरूको कोशिका पर्खालको पंक्तिमा हुन्छ । कोभिड–१९ले आफ्नो वृद्धि ‘स्पाइक’ बढाउन एसटुको उपयोग एक ढोकाको रूपमा उपयोग गर्छ ।
चुइङले वा कुनै पुरानो चुइङगमको परीक्षणले संक्रमित व्यक्तिको लारमा रहेका भाइरल कणहरूको ९५ प्रतिशत गमको पाउडरमा लटपटिएको फेला परेको देखिएको छ ।
यो अध्ययनको अति प्राथमिक चरणमा यस्तो देखिएको यसबारे धेरै विवरण उपलब्ध गराउन बाँकी रहेको छ ।
तर यो चुइङगम खोप पुग्ने देशहरूमा सहजै उपलब्ध हुने भएकाले यो प्रभाकारी सुरक्षा हुन सक्ने अध्ययनबाट देखिएको छ ।
युनिभर्सिटी अफ पेनिसलभानियाका अनुसन्धानकर्ताहरूले गरेको यो अध्ययन मोलिकुलर थेरापी जरनलमा प्रकाशित भएको हो ।

शनिबार, ०३ पुष, २०७८, बिहानको ११:१६ बजे

सम्बन्धित खवर