इलाम, ३ पुस / जिल्लामा ‘मेची पर्यटन महोत्सव’ यही पुस ५ देखि १६ गतेसम्म हने भएको छ । विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको जगेर्ना, दुर्लभ जीवजन्तुको र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि उक्त महोत्सव आयोजना गर्न लागिएको हो ।
पर्यटन प्रवद्र्धन सरोकार समितिको आयोजनामा हुन लागेको सो महोत्सवमा ताप्लेजुङको शेर्पा नाच र झापाको सतार नाच प्रदर्शन गरिनाका साथै इलाम र पाँचथरको पर्यटकीय क्षेत्र सन्दकपुरबाट चौरी र घोडासमेत ल्याउने तयारी भइरहेको छ । विश्वमै लोपोन्मुख रातो हाब्रे (रेडपाण्डा) समेत ल्याउने तयारी भइरहेको आयोजक संस्थाका सल्लाहकार धर्म गौतमले बताए ।