खोटाङमा युवा तथा विद्यार्थिको समायोजन सम्पन्न

समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन र सामाजवादि युवा संघ खोटाङ जिल्ला समिति समायोजन सम्पन्न भएकोे छ । आज खोटाङ जिल्ला सदरमुकाम स्थित सुभम फाउन्डेसनको समभाहलमा सो समायोजन कार्यक्रम सम्पन्न भएकोे हो ।

जिल्लामा रहेका जनसङ्गठन हरुको समायोजनका लागी समाजवादी पार्टी खोटाङले जिल्ला उपाध्यक्ष मणि कुमार राई सम्योजक रहेको कार्यदल गठन गरेकोे थियो । उक्त कार्यदलले युवा र विद्यार्थीको समायोजन टुङ्गो लगाएको थियो । आज कार्यदल सम्योजक मणि कुमार राईको अद्यक्षतामा सम्पन्न भएकोे उक्त कार्यक्रममा रोशन राईको अध्यक्षता ३७ जनाको सामाजवादि विद्यार्थी युनियनको जिल्ला तदर्थ समिति घोषणा गरेकोे छ । यसै गरी गजेन्द्र राईको अध्यक्षतामा ३५ सदस्य रहेको समाजवादी युवा संघको जिल्ला तदर्थ समिति पनि घोषणा गरेकोे छ ।

सामाजवादी पार्टीका केन्द्रीय सदस्य तथा १ न प्रदेश समिति सचिव सूर्य राईको प्रमुख आतिथ्यतामा भएकोे सो कार्यक्रममा सामाजवादी विद्यार्थी युनियन र सामाजवादी युवा संघका केन्द्रीय पदाधिकारी , केन्द्रीय सदश्य तथा पार्टीका जिल्ला स्तरीय नेता तथा कर्यकर्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

बुधबार, ०२ पुष, २०७६, साँझको ०७:०८ बजे

सम्बन्धित खवर