झापाको बुद्धशान्तिलाई ‘रबरग्राम’ घोषणा

झापा /  झापाको बुद्धशान्ति गाउँपालिका रबरग्राम घोषणा भएको छ । उत्पादन र आम्दानीको दृष्टिले लाभदायी मानिएको रबर बालीको अध्ययन, अनुसन्धान र प्रबद्र्धन गर्ने उद्देश्य राखेर गिरिजाप्रसाद कोइराला फाउण्डेशनले बुद्धशान्ति गाउँपालिकालाई ‘गिरिजाप्रसाद कोइराला एग्रो टुरिजम रबरग्राम’ घोषणा गरेको हो ।
जी.पी. फाउण्डेशनले आज आदर्श नमूना सामुदायिक बन बुद्धशान्ति–३ मा आयोजित एक समारोहका बीच रबरग्राम घोषणा गरेको हो ।

फाउण्डेशनका झापा अध्यक्ष बुद्धिराज न्यौपानेका अनुसार केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजता कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सो घोषणा गरिएको हो ।

सोही कार्यक्रमका बीच उत्कृष्ठ रबर किसान तथा संस्थाहरुलाई सम्मान पनि गरिएको थियो ।

शुक्रबार, ०७ फागुन, २०७७, बिहानको ०९:२९ बजे

सम्बन्धित खवर