विराटनगर / कोशी प्रदेशको नामकरण खारेज गरि पुनः नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा पक्राउ परेका आन्दोलनकारीलाई प्रहरीले थुनामुक्त गरेको छ ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तोडेर आन्दोलनकारी अगाडि बढेपछि भीड नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाई फायर गर्नुका साथै दर्जनौँ सेल अश्रुग्याँस प्रहार गरेको थियो ।

प्रदर्शन उत्तेजित बन्दै गएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो । त्यस क्रममा प्रहरीले चार जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएकोमा उनीहरुलाई रिहा गरिसकेको मोरङ प्रहरीकाप्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए ।

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरी पहिचानवादीहरुले आन्दोलन कोशी प्रदेशको नाम संशोधन गर्नुपर्ने माग गरिरहेका छन् । त्यसक्रममा आइतबार हजारौं पहिचानवादी विराटनगरमा भेला भएर मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।

Facebook Comments Box