राष्ट्रवादको तराजु

पुस्प प्रशान्त रिजाल

हिजो समाजिक सन्जाल भरी कोरोना बाहेक भाइरल भएको विषय डा।बाबुराम भट्टराईको हिन्दी टुइट थियो।टुइट उनको अफिसियल थियो र थिएन त्यो अलग कुरा हो।यद्दपी हिन्दी भाषा नै प्रयोग गरेकाले उनलाई दलाल,रास्ट्रघाती भन्दै आरोप लगाउने को लामै ताँती देखीयो।

नरेन्द्र मोदी नेपालका प्रधानमन्त्रीलाई नेपालीमा टुइट गरेर बधाईदिन्छन्।पस्चिम बंगालका विधेयकहरु दाजैलिङ, कालेपोङमा चुनावी सभा गर्दा नेपालीमा सम्बोधन गर्छन।पवन चाम्लिङले त नेपाली भाषा मै एक घन्टाको अन्तरवार्ता दिए। असामको आफ्नै भाषा छ।यद्दपी नेपाली भाषि भएका स्थानमा नेताहरु नेपाली नै बोल्ने गर्छन। तेरीया मगर, प्रितमले भारतिय रियालिटी सो।मा तहल्का मच्चाएर आए। काठमान्डौको एउटा डान्स ग्रुपले daance plus मा  तल्का मच्चाएर आए। आशा भोसलेको गैरी खेत को शिरै हायौ देखी सोनु निगमको उकाली ओराली गर्दै नेपाली सदाबाहार संगीतहरु हुन ।उदित नारायण झाले भारतका एक लेजेन्ड्री गायक हुन। हाम्रो समाजको आधारशीला हिन्दु धर्मका तमाम ग्रन्थ सस्कृत हुदै हिन्दीमा लेखीएका छन् ॥
हिन्दी भाषा र नेपाल अझ विशेष गरी मधेसको अनोन्यास्रीत सम्बन्ध रहेको हुन्छ। तपाई बिरगन्ज, जनकपुरमा गएर मुल्याङकन गर्नुस त्यहा पहिला दिनेशलाल यादब, खेसरी लाल यादब कि सलमान खान अनि मात्र राजेश हमालको  पालो आउछ ॥मधेसको जिवनशैली , रहनसहन, मुल्य र मान्यताहरु नै भारत सँग धेरै समानता छन्। एउटा नेपाली एउटा झोला बोकेर सारा भारत घुमेर आउन सक्छ भने एउटा झोला भिरेर नेपाल छिरेको भारतिय यहाको धनाड्य साहु भएर निस्कन छ ॥
यत्रो गन्थन लेख्नुको अर्थ यति मात्र हो कि भाषा एउटा बोलचालको माध्यम हो। हामी नेपाली हौ यदि घरमा कोहि भारतिय ब्यापारी समान लिएर आए हामी हिन्दी मै कुरा गर्छौ त्यसको अर्थ हामीले भाषा बेचेको ठहरीदैन र त्यो बोलचालको सहजता मात्र हो। खाडीमा सबैभन्दा ज्यादा बोलिने उर्दु , हिन्दी नै हो। नेपाली, बंगाली, पाकिस्तानी देखी इरानी, लेबनिजले पनि हिन्दी बोल्छन्। त्यो कसैले भाषा बेचेको हैन । आफ्नो सहजता हो।
मैथीली र भोजपुरी भाषा अलिक अफ्ठेरै हुन्छ।सायद मधेसकै मुलवासीहरु बाहेक अन्य समुदायका लागि त्यो गारै हुन्छ र यसका पछि बिभिन्न राजनैतिक कारण होलान् तर मधेस हिन्दी भाषा सँग भावनात्मक रुपमा गाँसिएको छ।यो कसैले टाउको टेकेर उत्तानो परे पनि परीवर्तन हुनेवाला छैन। हामी यहि गौशाला चोकमा गएर स्याउ किन्नु परे भैइयामा  सुरु भइहाल्छौ।अरुको के कुरा गर्नु र ॥
अत: मधेस र त्यहाका जनता लक्षित केहि बोल्दा, लेख्दा , सके मैथीली  भोजपुरी नभए हिन्दी भाषा नै प्रयोग गरने हो। आफ्नो मुलुकको भाषा पढ्नु पर्छ पढाइनुपर्छ । तर जिवनशैली, रहनसहन समाजको आफ्नै पाटो हो। यो कसैले रटाएर हुदैन। मधेस लक्षित बिषयहिन्दीमा लेखिना साथ रास्ट्रघात देख्नु मधेसलाई बस्तुगतरूपमा अझै बुझ्न नसक्नु हो।यसलाई कसैले रास्ट्रबादको तराजुमा जोख्नुको तुक छैन ॥

बिहिबार, ०६ चैत, २०७६, दिउँसोको ०४:४६ बजे

सम्बन्धित खवर