निर्वाचनमा आचारसंहिताको पूर्ण पालना गराउन जोड

दमक / नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद समुह झापाको संयक्त आयोजनामा मंगलबार दमकमा मतदाता शिक्षा र निर्वाचन आचारसंसिहता कार्यान्यानमा सञ्चार माद्यम र सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले निर्वाचनका बेला रजनैतिकल दल तथा सबै सरोकारवालाकालागि आचारसंहिता समेत जारी भइसकेको र त्यसको पूर्णपालना गराउन सबैले आ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । उनले निर्वाचन हुनु अघिल्लो दिन अन्तिम मतदाता नामावलीको परिचयपत्र बाड्ने क्रममा प्रत्येक मदतान केन्द्रमा मतदाता शिक्षा, मदतान गर्ने तरिका र नमूना मतदान गराइने जानकारी दिए ।
निर्वाचन आयोगले तोकेको आचारसंहितामा कुनैपनि स्थानमा राजनैतिक दलले निर्वाचन सम्बन्धीका कारण गर्दा ७२ घण्टा अघी प्रशासन कार्यालयबाट अनिवार्य रुपमा अनुमती लिनुपर्ने, १८ वर्ष नपुगेका वा मतदान गर्न योग्य उमेर नभएकाहरुलाई चुनावी कार्याक्रममा प्रयोग गर्न नपाउने, बिहान ८ बजे देखी रातको ७ बजे सम्म मात्रै चुनावी कार्यक्रम राख्न पाइने र निर्वाचन आयोगले तोकको मात्रा र साईजमा मात्रै प्रचार सामाग्री छाप्न पाउने, विभिन्न किसिमका चुनाव चिन्ह संकेतका टिसर्ट र टोपी प्रयोग गर्न र गाडी र मोटरसाइकल र्याली जस्ता कार्य गर्न नपाइने उल्लेख छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी छवीराज रिजालले झापा भारतसँग सिमानाका जोडिएको जिल्ला भएकाले जाखिमपनि उत्तिकै रहेको बताएका छन् । उनले भने – यहाँ १ सय ४६ किलोमिटर भन्दा बढि भारतसँग सिमाना जोडिएको छ । त्यसैले यहाँ सुरक्षा संवेदनशिलताको आधारमा पनि निकै जोखिम छ । निर्वाचन कार्यालय झापाले २ सय ८६ वटा मदतान स्थल तोकेको छ । यस मध्येबाट ५१ वटा अति संवेदनशिल , १ सय ५३ वटा संवेदनशिल र बाँकी ८२ वटा स्थललाई सामान्य गरि ३ भागमा जिल्ला प्रशासन कार्यालयले बर्गीकरण गरेको उनले जानकारी दिए ।
कार्यक्रममा पत्रकार महासघंका सस्थापक महासचिव चन्द्र भण्डारी र पत्रका महासघं प्रदेश १ का कोषाध्यक्ष विमल लामिछानेले पत्रकारका तर्फबाट सुझाव राखेका थिए भने अन्य सञ्चारकर्मीहरुले निर्वाचनका बेलामा गरिने रिपोटिङलाई सजिलो बनाउन सूचना डेक्स र परिचय पत्रको ब्यवस्था, पत्रकारको सुरक्षा र सूचनालाई भरपर्दो बनाउन आग्रह गरेका थिए ।
झापामा कुल ६ लाख ४६ हजार २ सय ३४ मतदाता रहेको जानकारी दिँदै १५ वटै स्थानीयतहका २ सय ८६ वटा मदतान स्थलमा ८ गते निर्वाचन अधिकृत पठाइने र प्रत्येक मतदान स्थलमा सूचना डेक्स राखिने भएको छ ।

महासंघका अध्यक्ष एकराज गीरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष केशव भट्टराईले गरेका थिए । सोहि कार्यक्रममा पत्रकार महासघ प्रदेश समिति सदस्य विष्णु सुब्बाले आफ्ना दिवंगत आमाबुबाका नाममा नेपाल पत्रकार महासंघको पत्रकार उपचार कोषमा रहने गरी नगद रु १५ हजार जम्मा गर्ने घोषणा समेत गरेका छन् ।

 

 

मङ्गलबार, ०६ बैशाख, २०७९, रातीको ०९:२९ बजे

सम्बन्धित खवर