दमकको पछिल्लो अवस्था : १७ क्वारेन्टाइनमा , ८२ जनाको स्वास्थ्य परीक्षण ,सबै समान्य

 

दमक /  दमक नगरपालिकाले नगरपालिका क्षेत्र भित्रको स्वास्थ्य सम्बन्धि जानकारि बिज्ञप्ती मार्फत सार्वजनिक गर्दै आइरहेको छ । नगरपालिकाले कोरोनाको संक्रमण बिस्वमा फैलिएको कारण यसको सम्भावित जोखिम न्यूनीकरणमा सचेतना बढाउने र सजग गराउदै आम नगरवासीको स्वास्थ्य अवस्था बारे जानकारि गराउदै आएको हो ।
यसै क्रममा आज नगरपालिकाले नगरको पछिल्लो अवस्थाको बारेमा विज्ञप्ति मार्फत जानकारी दिएको छ ।जसअनुसार हाल नगरपालिकाले बनाएको क्वारेन्टाइनमा १७ जनालाइ राखिएको र सबैको स्वास्थय अवस्था सामान्य रहेको छ । यसैगरी दमक अस्पताल दमक मार्फत हाल सम्म ८२ जनाको आर डी टी कीट मार्फत कोरोना परिक्षण गरिएको र सबैको नतिजा नेगेटिभ रहेको उल्लेख छ । परिक्षण गरिएकोमा १९ महिला र ६६ पुरुष रहेका छ्न । आज सो अस्पतालमा २ जनाको ज्वरो परिक्षण गरिएको पनि नगरपालिका उपप्रमुख गिता अधिकारी द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आइतबार, ०७ बैशाख, २०७७, रातीको ०९:१७ बजे

सम्बन्धित खवर