फिदिममा मित्रप्रसाद र राधाकृष्णले जित्दा पृथ्वीलाई धक्का

  पाँचथर/  पाँचथरको फिदिममा मित्रप्रसाद र राधाकृष्णले जित्दा पृथ्वीलाई धक्का पुगेको छ । पाँचथरको फिदिम नगरपालिकामा गठबन्धनका उम्‍मेदवारले निर्वाचित भएका छन् ।गठबन्धनका तर्फबाट मेयरमा नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले र उपमेयरमा नेकपा माओवादीका राधाकृष्ण न्यौपाने निर्वाचित भएका हुन् ।

मेयरमा काफ्लेले नेकपा एमालेका पृथ्वी लावतीलाई ५७५ मतले पराजित गरे । काफ्लेले ९ हजार ८५५ मत ल्याउँदा लावतीले ९ हजार २८० मात्र मत पाए ।यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रका राधाकृष्ण न्यौपानेले एमाले, राप्रपा गठबन्धनका जगत थापा मगरलाई पराजित गरे । न्यौपानेले ९ हजार ३६ मत ल्याउँदा थापाले ५ हजार ६३४ मत प्राप्त गरे ।यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसले मेयर र उपमेर दुवै जितेको थियो ।

बिहिबार, ०५ जेठ, २०७९, बिहानको ०८:३६ बजे

सम्बन्धित खवर