बाबुलालले जोगाए मेचीनगरमा माओवादीको बीउ

  मेचीनगर, ५ जेठ / मेचीनगरमा नेकपा माओबादी केन्द्रले बिजयको खाता वडा नं. १४ बाट खोलेको छ । सो वडाको अध्यक्ष पदमा गठबन्धनका उम्मेद्वार बाबुलाल सुब्बा बिजयी भएका छन् ।

उनको निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका शंकर पोखरेल रहेका छन् । पोखरेल निवत्र्तमान वडा अध्यक्ष हुन् । २०७४ को चुनावमा सुब्बा पोखरेलसँग पराजित भएका थिए ।

एमालेको किल्लाको रुपमा मानिएको यस वडामा यसपाली सुब्बाले पोखरेललाई पराजित गरेका छन् । सम्भवतः २०४८ सालको चुनाव यता यस वडामा एमालेले लगातार जितिरहेको थियो । बिजयी भएका सुब्बा कराते खेलका अन्तर्राष्ट्रिय पदक प्राप्त नेपाली खेलाडी हुन् । उनी सामाजिक सेवामा पनि अग्रणी छन् ।

बिहिबार, ०५ जेठ, २०७९, बिहानको ०८:४५ बजे

सम्बन्धित खवर