ओलीको गृहनगर भनिएको दमकमा गठबन्धन अघिअघि, एमाले पछिपछि, कति मतको फरक ?

    दमक/  नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर भनिएको झापाको दमकमा गठबन्धनबाट मेयर पदमा राप्रपाका उमेदवार राम थापाको अग्रता कायमै छ ।
वडा नम्बर ७ को मतगणना सकिँदा थापाले १४५७० मत प्राप्त गर्दै ८७० ले लिड गरिरहेका छन् भने नेकपा एमालेबाट उम्मेदवार गीता अधिकारीले १३७०० मत प्राप्त गरेकी छन् ।
यसैगरी उपमेयरमा यसअघि पछाडि परेकी गठबन्धनबाट उम्मेदवार रहेकी रेगिना भट्टराई पनि ७ नम्बर वडाको गणना सकिँदा १३९८१ मत लिएर ३९५ मतको अग्रतामा रहेकी छन् । उपमेयरमा एमाले उम्मेदवार अम्बिका खनालले १३५३६ मत प्राप्त गरेकी छन् ।

वडा नं ७ मा अधिक मतले अग्रता लिंदै वडा नम्बर ५ मा मतान्तर सन्तुलित राखेर ६ मा अग्रता लिने भएकोले आफ्नो जित निश्चित रहेको थापाको दावी छ । एमालेले भने ७ मा पछाडि परेपनि ५ बाट मतभारलाई जवाफी निस्कर्षमा पु¥याउँदै अगाडि बढ्ने र ६ बाट चुनाब जित्ने दावी गरेको छ ।
दमक ७ यसअघि पनि राप्रपाले जितेको वडा हो भने अहिलेपनि जित निकाल्न सफल भएको छ । त्यहाँ यो पटक पनि निवर्तमान वडाध्यक्ष भीम पौडेल विजयी भइसकेका छन् । अहिलेसम्म परिणा घोषणा भएका वडाहरुमा १, २, ३, ८ र ९ मा एमाले विजयी भएको छ भने वडा नम्बर १० र ४ मा काँग्रेस विजयी भएको छ । वडा नं ७ मा राप्रपा विजयी भएको छ ।
दमकको ५ नम्बर वडा एमालेका अध्यक्ष केपी ओलीको वडा हो । त्यहाँ ४३४९ मत र वडा नम्बर ६ मा २७५४ मत खसेको छ । दमक नगरपालिकामा जम्मा ३९७३६ मत खसेको छ । अब गणना हुन बाँकी मत ८३२५ मत गणना हुन बाँकी छ ।

बिहिबार, ०५ जेठ, २०७९, दिउँसोको ०३:४८ बजे

सम्बन्धित खवर