नेपाल ज्योतिष परिषद् प्रदेश नं.१ को अधिवेशन सम्पन्न, अध्यक्षमा लामिछाने

  मोरङ /   प्रदेश १ ज्योतिष परिषदले नवग्रह रिसर्च सेन्टर निमार्ण गर्ने लक्षसहित नयाँ कार्यसमिति चयन गरेको छ । नेपाल ज्योतिष परिषद् प्रदेश नं.१ को तेस्रो प्रदेश अधिवेशन सुन्दरहरैँचामा सम्पन्न भएको छ । शुक्रबार भएकाे अधिवेशनबाट विश्वप्रकाश लामिछानेको अध्यक्षतामा ३१ सदस्यीय प्रदेश समिति बनेको छ ।

वरिष्ठ उपाध्यक्ष सन्तोष पोख्रेल, उपाध्यक्ष मोरङबाट बाबुराम निरौला, सुनसरीबाट हरि खतिवडा, झापाबाट नारायण प्रसाद पौडेल, भोजपुरबाट डम्बर चौलागाई, महासचिवमा धनकुटाबाट नगेन्द्र प्रसाद रोइला सहित ३१ जना सर्वसम्मत निर्वाचित भएका हुन् ।

निर्वाचन पछिको पहिलो वोर्ड बैठकले प्रदेश प्रवक्तामा बाबुराम निरौलालाई चयन गरेको छ । निर्वाचित समितिले आफ्नो ४ वर्षे कार्यकालमा नवग्रह रिसर्च सेन्टर निर्माण गर्ने लक्ष्य लिएको छ । अधिबेशनमा १४ वटै जिल्लाका प्रतिनिधहरूको उपस्थिति रहेको समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले जानकारी दिए । उनका अनुसार यो किसिमको नवग्रह खगोल रिसर्च सेन्टर नेपालकै पहिलो हुनेछ । खगोल विज्ञानसम्बन्धी खोज, अध्यायन, अनुसन्धान गर्न सजिलो होस् भन्ने उद्देश्यले भवनलाई ब्यवस्थित गरिनेछ, उनले भने ।

आइतबार, ०५ असार, २०७९, बिहानको ०७:३९ बजे

सम्बन्धित खवर