आन्दोलनकारी संग झुक्यो सरकार, निषेधित क्षेत्रमा समेत केही गरेन

अशार ४ वुधबार २०७६

काठमाडौ । जिल्ला प्रशासन कार्यालयले संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा लगाइएको प्रदर्शन निषेध हटाएको छ । गुठी विधेयकविरुद्ध आन्दोलनरत समूहका लागि सरकारले बानेश्वर क्षेत्र खुला गरेको हो ।माइतीघर मण्डलाबाट बानेश्वर पुगेको र्‍यालीलाई बिनाअवरोध बानेश्वर चोक हुँदै तीनकुनेतर्फ जान दिइएको छ । यसअघि आन्दोलनकारीलाई बानेश्वर चोकअगावैको एभरेस्ट बैंक क्षेत्रभन्दा अघि जान दिइने गरेको थिइएन ।

तर, गुठी विधेयक खारेजी माग्दै प्रदर्शनमा उत्रिएकाहरु बानेश्वर चोक पुग्दासमेत प्रहरीले हस्तक्षेप गरेन । शिलापत्रकर्मी सागर चन्दका अनुसार यतिबेला जुलुस बानेश्वर चोक क्रस गरेर मीनभवनतिर लागेको छ । जुलुस तीनकुने, कोटेश्वर हुँदै भक्तपुर जाने कार्यक्रम छ ।विधेयक फिर्ता भए पनि काठमाडौं उपत्यकाका गुठियारले सरकारविरुद्धको आन्दोलन जारी राखेका छन् । गुठी विधेयकविरुद्ध संघर्ष समिति बनाएर भएको विरोध प्रदर्शनमा सरकारका मन्त्रीको राजीनामा मागिएको छ

बुधबार, ०४ असार, २०७६, दिउँसोको ०३:१२ बजे

सम्बन्धित खवर