एक हप्ताको लागि बुद्धशान्ति गाउँपालिका सिल

बैकल्पिक खवर

झापाको बुद्धशान्ति गाउँपालिका एक साताका लागि सिल गरिने भएको छ। आज राति १२ बजेदेखि साउन ११ गते सोमबार राति १२ बजेसम्मका लागि बुद्धशान्ति गाउँपालिकाका सबै वडा सिल गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिए।पछिल्लो समय कोरोना संक्रममितहरुको संख्या अत्यधिक बढेपछि यस्तो निर्णय गर्नुपरेको अध्यक्ष भुजेलले बताए ।

पछिल्लो समय कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सोमबार गाउँपालिकामा बसेको राजनीतिक दल, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, स्थानीय प्रशासनको संयुक्त बैठकले एक हप्ताका लागि सम्पूर्ण पसल, व्यवसाय, मानिसको आवतजावत पूर्णरुपमा बन्द गर्ने निर्णय भएको गाउँपालिका प्रमुख भुजेलले बताए।

उनले भने, ‘गाउँपालिकाले गराएको एन्टिजेन परीक्षणमा अत्यधिक कोरोना संक्रमित भेटिन थाले। सिल नगरि नहुने अवस्था आयो।’ गाउँपालिकाले गरेको एन्टिजेन परिक्षणको नतिजा अनुसार संक्रमणको दर अत्यधिक रहेको पाइएको छ ।

सोमबार, ०४ साउन, २०७८, साँझको ०६:५० बजे

सम्बन्धित खवर