डेंगुका बिरामी बढे

पछिल्लो समय नेपालमा उच्च पहाडी तथा हिमाली जिल्लामा समेतडेंगुका बिरामी देखिने गरेका छन् । बिरामी देखा परिसकेपछि आवश्यक प्रतिकारात्मक क्रियाकलाप समयमै पुग्न कठिनाइ हुने गरेको छ ।

दुई वर्ष यता कोरोनाभाइरस (कोभिड–१९) तिर ध्यान जाँदा सरकारको प्राथमिकतामा डेंगु नपरेको स्वास्थ्यकर्मीको भनाइ छ । औलो रोग प्राथमिकता नपरेकाले शङ्कास्पद औलोको परीक्षण कम हुने गरेको उनीहरूको भनाइ छ ।

जिल्लाका बिरामी ज्वरो आएर अस्पताल पुगे पनि डेंगु रोगको शंका गरेर कममात्र परीक्षण गरिने डा. महर्जन बताउँछन् । औलो प्रभावित क्षेत्रका नागरिकहरू र पछिल्लो समय ज्वरो आएर अस्पताल पुग्दा औलो परीक्षण अनिवार्य गर्नुपर्ने उनको भनाइ छ ।

लामखुट्टे बढी देखिने क्षेत्रलाई प्राथमिकता दिएर परीक्षण र निगरानी गर्नुपर्ने उनले बताए । औलो रोग शून्यमा झार्न राज्यको मात्रै कोसिसले नभएर स्वयं नागरिकको पनि विशेष भूमिका रहने चिकित्सकहरू बताउँछन् ।

गर्मी याम सुरु भएसँगै देशका विभिन्न भागमा डेंगुका बिरामी बढ्न थालेका छन् । धादिङ जिल्लामा मात्रै डेंगुका ४९ जना बिरामीको पहिचान भएको छ । यस्तै, काभ्रे जिल्लामा पनि डेंगु रोगको सङ्क्रमण पाइएको छ ।
काठमाडौँ उपत्यकामा भने छिटपुट रूपमा डेंगुका बिरामी देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । नेपालमा चार सय प्रकारका लामखुट्टे छन् । जसमध्ये ४ थरीले औलो रोग सार्ने गर्छन् । औलो रोग एनोफिजिल जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोकथामको उपाय भएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. किजन महर्जन बताउँछन् ।

नेपालमा विशेष गरी औलोका दुई परजीवी प्लाज्मोडियम फ्लासिपारम र प्लाज्मोडियम भाइभेक्स जातको पाइने गरेको छ । इडीसीडीका अनुसार यी दुईमध्ये प्लाज्मोडियम गराउने औलो रोग बढी जटिल र जोखिमयुक्त हुन्छ । यस्तो औलोका बिरामी १५–२० प्रतिशत हाराहारी छन् ।

रोग नियन्त्रण महाशाखाका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा ४९२ जनामा स्थानीय औलो देखिएको थियो । यो सङ्ख्या २०७४/७५ मा ५५७, २०७५/७६ मा ४४०, २०७६/७७ मा १०२ र २०७७/७८ मा ६६ जना थियो । यस्तै, आर्थिक वर्ष २०७८/७९ को वैशाख १० गतेसम्म ३३६ औलोका बिरामीमध्ये २८ स्थानीय थिए ।

डेंगुको उपचार

विशेषतः डेंगु हुँदा ज्वरो आउन सक्छ । सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआएको खण्डमा हेमोरजिक वा सक सिन्ड्रोममा परिवर्तित भएमा नियन्त्रण गर्न गाह्रो हुने डा. महर्जन बताउँछन् । डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उपयुक्त विकल्प रहेको उनको भनाइ छ ।

जसका लागि घर वरिपरि सफा राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्नु पर्ने उनले बताए । पानी टयाङ्कीमा लामखुट्टे बस्न नदिनका लागि ढाकेर राख्नुपर्छ । यस्तै, सकेसम्म सुत्दा झुलको प्रयोग गर्नु पर्छ । खेतबारीमा काम गर्दा सकेसम्म हातखुट्टा ढाक्ने लुगा लगाउने, लामो बुट लगाउने, बच्चाहरुलाई लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने मल्हम लगाइदिन सकिने डा. महर्जनले बताए ।

घरमा लामखुट्टे लाग्न नदिन झ्याल ढोकामा जाली लगाउन उनको सुझाव छ । उनका अनुसार डेंगुविरुद्ध कुनै पनि औषधि नबनेकाले डेंगु भएको खण्डमा चिकित्सकको निगरानीमा बस्नुपर्ने हुन्छ । विशेषज्ञको सल्लाहबिना मनलाग्दी एन्टिबायोटिक औषधि सेवन नगर्न उनको सुझाव छ । डेंगुको ज्वरो आएपछि तीनदेखि सात दिनसम्म गाह्रो हुन सक्ने भएकाले सजग हुनुपर्ने उनले बताए ।

डेंगुका लक्षण

डाक्टर महर्जनका अनुसार डेंगु भएमा एक्कासि टाउको दुख्नु, उच्च ज्वरो आउनु, मांसपेशी दुख्नुका साथै ढाडको जोर्नीहरू दुख्नु, शरीरमा बिमिरा आउनु, वाकवाक लाग्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, नाक, गिजाबाट रगत बग्ने आदि लक्षणहरू देखिने गर्छ ।

डेंगु भएको खण्डमा लगातार तीनदेखि १० दिनसम्म ज्वरो आउने उनले बताए । उनका अनुसार यस्तो अवस्थामा १०२ देखि १०३ डिग्रीसम्म ज्वरो आउने गर्छ ।

मङ्गलबार, ०३ साउन, २०७९, बिहानको ०८:३८ बजे

सम्बन्धित खवर