श्रेष्ठको नेतृत्वमा जसपाको झापा जिल्ला समिती पुनर्गठन

  झापा/   जनता समाजवादी पार्टीले जिल्ला कमिटी पुनर्गठन गरेको छ। केन्द्रमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई पक्षले जसपा पुनर्गठन गर्ने निर्णय गरेसंगै झापा जिल्ला समिती पुनर्गठन भएको हो ।

बिर्तामोडमा आयोजित एक कार्यक्रमका बिच वीर बहादुर श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको पुनर्गठित जिल्ला समिती सदस्य कृष्ण कट्टेलले जानकारी दिए ।

केन्द्रमा बाबुराम भट्टराई र उपेन्द्र यादव बिच पार्टी बिभाजन हुने भएपछि यसको असर जिल्ला तहसम्म देखिन थालेको छ । केही दिन अघि मात्रै भेषराज भट्टराईको नेतृत्वमा जसपा दमक नगर समिती पुनर्गठन भएको थियो ।

यस अघिको कमिटीको वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठले नव गठित कमिटीको नेतृत्व सम्हालेका छन् । गत स्थानीय तहको निर्वाचनमा गठबन्धनमा जोडिएको जसपाले झापामा भने मुख्य पदमा आफ्ना उम्मेद्बार बिजयी गराउन भने सकेन ।

मङ्गलबार, ०३ साउन, २०७९, बिहानको ०९:३५ बजे

सम्बन्धित खवर