दमक नगरसभा पुन स्थगित, बहुमतको दम्भ कायमै, विकासमा प्रत्यक्ष असर पर्ने संकेत

   दमक /  दमक नगरसभा पुन स्थगित भएको छ । एमालेबाट विजयी जनप्रतिनिधीले नगरसभा बहिस्कार गरेपछि पुन स्थागित भएको हो । दमक नगरपालिकाको एघारौ सभाको चौथो बैठक साउन ३ गते मंगलबार दिनको १ बजेका लागि बोलाइएको थियो । १ बजे नगरसभा शूरु हुने समयमा पनि एमाले निकट सभासदहरु उपश्थित नभएपछि नगरसभा स्थगित भएको हो ।
मंगलबारको नगरसभामा सबै नगरसभासदस्यहरुलाई हाजीर गराएर मात्रै सभामा छिर्न भनिएको थियो । नगरसभामा आएका सगरसभासदहरुले हाँजिर गरेका थिए । नेकपा एमालेबाट निर्वाचित जनप्रतिधिहरु नगरपाकिलानै जानु भएन । त्यसैले सभामा मंगलबार पनि बैठकको कोराम पुगेन ।
कुल ५५ जनाको नगरसभामा एमालेका मात्रै जनप्रतिनिधी ४१ जना छन् । ४२ मध्ये एक जना जिल्ला समन्वय समिती झापाको प्रमुख भएका छन् । बाँकी नेपाली काग्रेस र राप्रपाबाट निर्वाचित जनप्रतिनिधी छन् ।
प्रमुख र उपप्रमुख सहित १३ जना मात्रै सभामा उपस्थित भएकोले मंगलबारको सभापनि स्थगीत गरिएको सभाध्यक्ष तथा नगर प्रमुख रामकुमार थापाले जनकारी गराएपछि नगरसभा स्थगित भएको हो । ‘कोरम नपुगेका कारण अर्को बैठक साउन ११ गते दिनको ३ बजेकालागि आह्वान गरिएको छ ।

दमक नगरपालिकामा प्रतिपक्षी दल एमालेले दलका लागि कार्यालय र नेताका लागि गाडी दिएमात्रै बजेट पास गर्ने सर्त तेस्याएपछि बजेट बन्दक बनाउँदै आएको छ ।
बहुमतको दम्भ देखाएर गिभ एण्ड टेकको सर्त अघि सारेपछि बजेट पास हुने सकेको छैन । तर संविधान र स्थानीय तह सञ्चालन ऐनले स्थानीय तहमा सत्तापक्ष र प्रतिपक्षको परिकल्पना गरेको छैन । तर, अध्यक्ष केपी ओलीको गृहनगर दमक नगरपालिकामा एमालेले संसदीय दल नै बनाएर प्रतिपक्षको भूमिका खेल्दै छ । त्यति मात्र होइन, दलका लागि कार्यालय र नेताका लागि गाडीलगायत सुविधा पनि नगरपालिकासँग माग गरेको छ ।
स्थानीय तहमा संघ र प्रदेशमा जस्तो संसदीय व्यवस्था छैन । व्यवस्थापिका भए पनि प्रत्यक्ष निर्वाचित प्रमुख हुन्छन् । दमकमा एमालेले दुईतिहाइ जनप्रतिनिधि जिते पनि प्रमुख र उपप्रमुख भने गुमायो । मुख्य दुई पद नै गुमाएपछि आफूलाई नगरपालिकामा प्रमुख प्रतिपक्षी दलको हैसियतमा उभ्याउने कानुनविपरीतको प्रयास उसले गरिरहेको छ ।

मङ्गलबार, ०३ साउन, २०७९, साँझको ०६:३९ बजे

सम्बन्धित खवर