लायन्स क्लव अव दमक इस्र्टन लाइनको पद हस्तान्तरण

दमक / लायन्स क्लव अव दमक इस्र्टन लाइनको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज दमकको संगम स्वीटका सभाहलमा सम्पन्न कार्यक्रममा पद हस्तान्तरण भएको हो । लायन्स क्लव अफ दमक इष्र्टन लाइनका वर्ष २०१८ / २०१९ का अध्यक्ष विमल शर्माले आप्mनो कार्यकाल पूरा गरी वर्ष ०१९ / २० का लागि अध्यक्ष पद हस्तान्तरण गरेका हुन् । लायन्स क्लव अव दमक इस्र्टन लाइनको आगामी १९ २० का लागि अध्यक्षको जिम्मेवारी तुलसीराम तिम्सिनाले पाएका छन् । 

कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव डिष्ट्रिक ३२५ ए वान का एरिया कोअडिनेटर अजय अग्रवाल रहेका थिए । उनले विमल शर्माको नेतृत्व कार्यकालको प्रशंशा गर्दै इष्ट्रन लाइनमा उनको कार्यकालमा धेरै सामाजिक काम सम्पन्न भएको भन्दै आगामी नेतृत्वले पनि कार्यकाल सफलता पूर्वक सम्पन्न गर्न सकोस् भन्ने शुभकामना ब्यक्त गरे । कार्यक्रमका अतिथिहरु दमक गोल्डका अध्यक्ष काशीराम खाती, स्वीट सीटी का अध्यक्ष विश्वास काश्यप, लगायतले नयाँ नेतृत्व सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन लायन्स क्लव अफ इष्र्टन लाइनका सचिव किरण भण्डारीले सञ्चालन गरेका थिए ।

शुक्रबार, ०३ साउन, २०७६, बिहानको १०:२६ बजे

सम्बन्धित खवर