भारतीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा नेपालका अङ्ग्रेजी साहित्यकारहरु सम्मानित

बैकल्पिक खवर

बिश्वकै पुरानो प्रजातान्त्रिक मुलुक भारतको ७५ औ स्वतन्त्रता दिवसको उपलक्ष्यमा नेपालका ६ जना अंग्रेज़ी साहित्यकार सम्मानित भएका छन । ७५ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा अंग्रेज़ी साहित्यमा विशेष योगदान पुर्याए बापत “75th India’s Independence Literary Award 2021” बाट नेपालका अङ्ग्रेजी साहित्यकारहरु सम्मानित भएका हुन ।

सो अवार्ड बाट अङ्ग्रेजी  साहित्यको नया आयाम साइनोका प्रतिपादक खेमलाल पोख्रेल सहित ,बिष्णु प्रसाद भट्टराई ,तोयानाथ चापागाईं, कृष्ण चाम्लिङ , तुलसी श्रेष्ठ र हुम आले सम्मानित भएका हुन ।  पोख्रेल गतसाल पनि सम्मानित भएका थिए ।                                             

विश्व अंग्रेज़ी साहित्यकारहरुको छाता संस्था Motivational Strips र गुजरात साहित्य एकाडेमी द्वारा संयुक्त रुपमा प्रदान गरिएको उक्त सम्मानबाट बिश्वका ४४० अंग्रेज़ी साहित्यकार पुरस्कृत भएको सो सस्थाले जनाएको छ ।

Motivational Stripka संस्थापक सिजु एच पालिथाजेथ गुजरात साहित्य एकाडेमी संस्थापक डा. बिष्णु पाण्डेयको नेतृत्वमा रहेका यी साहित्यिक सस्थाले प्रत्येक बर्ष अङ्ग्रेजी साहित्यमा योगदान पुर्याउने बिश्वका विभिन्न मुलुकका साहित्यकारहरु लाई सम्मान गर्दै आएको छ ।

बिहिबार, ०३ भदौ, २०७८, बिहानको ०७:५९ बजे

सम्बन्धित खवर