माधव नेपाललाई डा.बाबुराम भट्टराईको बधाई  – ‘एमाले थोत्रो घर’ !

३ भाद्र, काठमाडौँ /  पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा एमालेलाई थोत्र घर भन्दै नयाँ पार्टी बनाएकामा माधव नेपाललाई बधाई दिएका छन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत माधव नेपाललाई भनेका छन्, ‘ढिलै भए पनि थोत्रिएको पुरानो घर छाडेर नयाँ घर बनाएको’ मा नेपालसहितका नेतालाई बधाइ दिएका हुन्।

उनले पार्टीहरु फुट्नुलाई सामान्यतयाः राम्रो नमानिए पनि पुरानोको ध्वंसविना नयाँ निर्माण नहुने बताउँदै भनेका छन्, ‘अहिलेको टुटफुट नयाँ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस्!’

बिहिबार, ०३ भदौ, २०७८, बिहानको ०८:३९ बजे

सम्बन्धित खवर