माओवादी केन्द्रको आज पनि पदाधिकारी टुङ्गो लाग्न सकेन

काठमाण्डौ, ३ भदौ / पदाधिकारी टुङ्गो लगाउन बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि कुनै निष्कर्षमा नपुगी सकिएको छ ।

बिहान बसेको स्थायी कमिटी बैठकमा पदाधिकारीबारे छलफल भए पनि टुङ्गो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण पनि पदाधिकारीको टुङ्गो लाग्न नसकेको बताए । उनका अनुसार पदाधिकारीबारे लगभग टुङ्गिएको छ । निर्णय गर्न मात्र बाँकी छ ।

यसबारे थप छलफल गरी निर्णय गर्न भोलि दिउँसो १ बजे फेरि बैठक बस्ने उनले जानकारी दिए । बैठकमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा विषयमा पनि छलफल भएको महराले बताए ।

शुक्रबार, ०३ भदौ, २०७९, दिउँसोको ०१:०६ बजे

सम्बन्धित खवर