सृजना अनावरणको आठौं श्रृंखला सम्पन्न

मोरङको मिक्लाजुङमा रहेको मिक्लाजुङ साहित्य समाजले श्रष्टाहरुको सृजना अनावरणको आठौं श्रृंखला सम्पन्न गरेको छ ।
गत शनिबार मधुमल्ला पार्टी प्यालेसमा पूर्वका लोकप्रिय साहित्यकार प्रकाश आङ्देम्बेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापा, मोरङ, इलाम र सुनसरीका गरी करिब छ दर्जन बढी कवि तथा सहित्यकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका बिशिष्ठ अतिथि मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले गाउँपालिकाले साहित्यलाई निरन्तर विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा श्रष्टाहरु बिराट अनुपम, टिका खड्का (राष्ट्रप्रेमी) बिराट किराँतीहरुका सृजनाहरुको अनावरण गरिएको मिक्लाजुङ साहित्य समाजका सल्लाहाकार पुष्प बराल (बियोगी) ले बताएका छन् ।


कार्यक्रममा तीन जना श्रष्टाहरुले आफ्ना दुई दर्जन बढी कविता, गजल र गीत बाचन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि आङदेम्बेले नेपाली भाषा महत्वपुर्ण पाटो साहित्य भएकाले यसको निरन्तर विकासमा युवा पुस्ता लागि पर्नु पर्नेमा जोड दिएका छन् । साहित्य समाजका अध्यक्ष कमल मिश्रको सभापतित्वमा सम्पन भएको कार्यक्रमको संचालन संस्थाका सचिब गगन योक्पाङ्देनले गरेका थिए

सोमबार, ०२ भदौ, २०७६, बिहानको ११:५५ बजे

सम्बन्धित खवर