७३४ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

दमक, ३ असोज/ नेपालमा पछिल्लो २४ घण्टामा ७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ३०४ जनाको पीसीआर परीक्षणमा ६५६ र २ हजार ७०९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७८जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ४१३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

आइतबार, ०३ असोज, २०७८, साँझको ०६:३८ बजे

सम्बन्धित खवर