संविधान दिवशको अवसरमा ताप्लेजुङमा तीन कैदीको सजाय मिनाहा

दमक, ३ असोज/ संविधान दिवसका अवसर पारेर ताप्लेजुङमा तीन कैदीको सजाय मिनाहा गरिएको छ ।
पाथीभरा याङवरक गाउँपालिकाका-१ हर्कबहादुर राई फुङलिङ नगरपालिका-३ का प्रेम लिम्बु र कुमार शेर्पाको बाँकी कैद मिनाहा गरिएको हो । तीनै जना कर्तब्य ज्यान मुद्दा ९हत्या०मा कैद सजाय काटिरहेका थिए । ५० प्रतिशत कैद भुक्तान गरेका तीनै जनाको बाँकी कैद मिनाहा गरिएको ताप्लेजुङ कारागार प्रमुख कुलेन्द्र खवासले बताए ।
१० वर्ष कैद सजाय तोकिएका राईले पाँच वर्ष एक महिना, दुई वर्ष तोकिएका लिम्बु एक वर्ष आठ दिन र १० वर्ष तोकिएका शेर्पाले ६ वर्ष नौमहिना कैद भुक्तान गरेको खवासले बताए ।

आइतबार, ०३ असोज, २०७८, साँझको ०६:४५ बजे

सम्बन्धित खवर