प्याव्सन शिवसताक्षीको नयाँ नेतृत्व,अध्यक्षमा सुहाङ

शिवसताक्षी,३ असोज  /  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) शिवसताक्षी नगरको अध्यक्षमा रामकुमार सुहाङ चुनिएका छन् ।
आगामी तीव वर्षका लागि भएको नगर अधिवेशनले उपाध्यक्षमा उदय प्रकाश राई , सचिवमा टंकप्रसाद बास्तोला र कोषाध्यक्षमा रेवत प्रधान सर्वसम्मत चयन भएका छन् ।
यसैगरि सदस्यहरुमा भिम भट्टराई, चन्द्रप्रसाद गौतम सदस्यमा सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक चन्द्रप्रकाश खनालले बताए । नव गठित समितिका सबै पदाधिकारी र सदस्यलाई निर्वाचन संयोजक खनालले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।
यसअघि आयोजित अधिवेसनको खुल्ला सत्रमा शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले नगर भित्रका सामुदायीक र संस्थागत विद्यालयलार्य हेर्ने दृष्टिकोण समान भएको बताए ।
कार्यक्रममा एक नम्बर प्रदेशका उपाध्यक्ष मिनलकुमार ढँुगानाले सरकारले संस्थागत र सामुदायीक विद्यालयमा लागु हुने नीति नियम एउटै बनाएपनि व्यवहारमा संस्थागत विद्यालयलाई विभेद गरेको आरोप लगाए । सो कार्यक्रममा नगरकी उपप्रमुख भोजकुमारी नेपाल, नगर शिक्षा अधिकारी उपसचिव सुरेन्द्र दाहाल, वडा नम्बर ११ का अध्यक्ष भैरवकुमार श्रेष्ठ, कमल गाउँपालिकाका प्याव्सन अध्यक्ष बद्री राई, पत्रकार विनोद सापकोटा लगायतले अधिवेसन सफल्ताको शुभकामना मन्तव्य राखेका थिए ।
निवर्तमान प्याब्सन अध्यक्ष अमृत तिम्सीनाले कोभिडले थलिएको शिवसताक्षी नगर प्यावसनले जोखिमका वाबजुद पनि आफ्नो कार्यकालमा रचनात्मक काम गरेको बताए ।

आइतबार, ०३ असोज, २०७८, रातीको ०८:४९ बजे

सम्बन्धित खवर