दमक अपाङ्ग सहयोगको नयाँ समिति चयन

दमक / दमक अपाङ्ग सहयोग समितिको अध्यक्षमा पुनः खगेन्द्रबहादुर भट्टराई निर्वाचित भएका छन् । दमक -४ स्थित एकीकृत अपाङ्गता पुनःस्थापना केन्द्रमा सम्पन्न संस्थाको २० औं साधारणसभा तथा ९ औं अधिवेशनले भट्टराईको अध्यक्षतामा ८ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा भक्तबहादुर बस्नेत , सचिवमा मदनकुमार बोहोरा ,सहसचिवमा रोमनाथ भण्डारी ,कोषाध्यक्षमा अनिता रेग्मी र सहकोषाध्यक्षमा चम्या न्यौपाने निर्वाचित भएका छन् ।
यसैगरि दुई सदस्यमा सबिन रिजाल, गोमा खड्का चुनिएका छन् भने समितिको बैठकले थप तीन जना मनोनित गर्ने नवनिर्वाचित सचिव मदनकुमार बोहोराले बताए ।
प्रदेश सभा सदस्य एवं सुशासन तथा योजना समितिका सभापति अर्जुन राईको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उद्घाटनमा राष्ट्रिय अपाङ्ग महासंघका संघीय कार्यसमिति सदस्य मञ्जु खनाल, प्रदेश नं १ महासंघ कार्यसमिति सदस्य दुर्गा भण्डारी, जग्गा दाताहरू कृष्णप्रसाद खतिवडा र टंक सिटौला, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख एवं स्थानीय समन्वय समितिका संयोजक गिता अधिकारी, झापा क्षेत्र नं ५ का संघीय संसद एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिनिधि होमबहादुर थापा, दमक ४ का अध्यक्ष कुमार साम्सुहाङ्ग, साझेदार तथा सहयोगी संस्थाहरू दमकमा क्रियाशील लायन्सहरू, मेचीमहाकाली बुहारी समुह, असहाय मानव सेवा आश्रम, भुटानी शरणार्थी अपाङ्ग संघ, अपाङ्ग बालअस्पताल बनेपाका झापा प्रतिनिधि श्याम पोख्रेल लगायत संघसंस्थाहरुको उपस्थिति रहेको थियो ।
अधिबेशनको बन्द सत्रमा संस्थाका अध्यक्ष भट्टराईले आर्थिक बर्ष २०७७-०७८ को प्रगति प्रतिवेदन र कोषाध्यक्ष अनिता रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रस्तुत दुवै प्रतिवेदन बन्दसत्रले सुझाव सहित पारित गरिएको थियो ।
संस्थाको नयाँ नेतृत्व चयन गर्नका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यसमिति सदस्य मञ्जु खनालको संयोजकत्वमा श्याम पोख्रेल र देवीमाया गुरूङ्ग सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो ।
दुई बर्षे कार्यकाल रहेको निर्वाचित समितिलाई आजनै निर्वाचन मण्डलले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।

आइतबार, ०३ असोज, २०७८, रातीको ०९:०६ बजे

सम्बन्धित खवर