खोटाङमा ९ सय ६० मतदाता घटे

  खोटाङ / खोटाङमा ९ सय ६० मतदाता घटेका छन्। गत ३० बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको तुलनामा खोटाङमा मतदाता संख्या घटेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कले देखाएको छ।

जिल्लामा स्थानीय तहको निर्वाचनमा १ लाख ४३ हजार ७५२ मतदाता रहेका थिए। गत असार १ गतेदेखि साउन १९ गतेसम्म सञ्चालन भएको मतदाता नामावली संकलन अभियानमा १ हजार २७५ नयाँ मतदाता पनि थपिएका थिए। केही समय अगाडि निर्वाचन कार्यालयले मृत्यु भएका, बसाई सरेका र डुप्लीकेसन भएका मतदाता कटाएकाले जिल्लाको मतदाता संख्या घटेको छ।

अब आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङबाट १ लाख ४२ हजार ७९२ मतदाता कायम भएका छन्। जसमा पुरुष ७४ हजार ९२७ र महिला ६७ हजार ८६५ रहेका छन्।  आसन्न स्थानीय तहको निर्वाचनका लागि खोटाङमा १३६ मतदान स्थल र १९४ मतदान केन्द्र तोकिएका छन्।

सोमबार, ०३ असोज, २०७९, बिहानको ०७:२६ बजे

सम्बन्धित खवर