दमकमा राष्ट्रिय यूवा महोत्सव हुने

दमक / दमकमा राष्ट्रिय यूवा महोत्सव हुने भएको छ । दमक नगरपालिकामा महोत्सव मुल आयोजक समितीले आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको बारेमा जानकारी गराएको हो ।
आगामी फागुन ६ गते देखी १० गते सम्म गर्ने गरिको तयारी गरिएको महोत्सवमा यूवाहरुको क्षमता अभिबृद्धिका साथै यूवाहरुले गरेका कामहरुको प्रदर्शनी समेत गरिने मुल आयोजक समिती संयोजक प्रवेश बास्ताकोटीले जानकारी दिए ।
युवा महोत्सवमा राष्ट्रिय स्तरका राजनैतिक दलका यूवा नेता देखी स्वतन्त्रबाट निर्वाचित बनेका काठमाडौ र धरानका मेयर सम्मलाई प्यानलड डिस्कसनमा सहभागी गराईने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । यसबाट यूवाहरुको नजरमा नेपालको राजनिती र यसको सुधारकालागि यूवाहरुको भूमिकाका बिषयमा पनि बहस हुने संयोजक बस्ताकोटीले बताए ।
बिभिन्न बिधागत रुपमा सफलता प्राप्त गरिसकेका व्यक्तिहरुलाई ल्याएर यूवाहरुको सर्वांगिण बिकास र चुनौतीका बारेमा पनि छलफल गर्ने योजना रहेको पत्रकार सम्मेलनमा बताइएको छ । सिप भएका वा सिप सिक्न बाँकी रहेका यूवाहरुकालागि कस्ता कस्ता रोजगार अथवा स्वरोजगारका अवसरहरु हुन सक्छन भन्नेबारेमा रोजगार मेला पनि महोत्सवमा रहने छ ।
दमकका रहेका लिओ क्लवहरुको मुख्य संयोजन र यहाँ रहेका अन्य सघं सस्था साथ राष्ट्रिय यूवा परिषदको समेत आयोजनामा कार्यक्रम हुने बताइएको छ ।

सोमबार, ०३ असोज, २०७९, दिउँसोको ०२:२६ बजे

सम्बन्धित खवर