संविधान दिवसको अवसरमा स्ट्रेचर वितरण   

दिनेश दंगाल

तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले संबिधान दिवसको अवसरमा स्वास्थ्य संस्थाहरुलाई स्टेचर प्रदान गरेको छ । गाउँपालिकाले सरकारी कार्यालयको झण्डा फर्दै प्रभात फेरी कार्यक्रम आयोजना गरेको थियो । गाउँपालिकाको सुक्रबारे बजारमा प्रभातफेरी कार्यक्रम सँगै कोण सभामा स्वास्थ्य संस्थाहरुलाई गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले हस्तान्तरण गर्नु भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपालको संबिधान २०७२ जारी भए सँगै जनताको अधिकार प्राप्त भएको दिन र संबिधान कार्यन्वयनको चरणमा रहेको गाउँपालिका अध्यक्ष तिगेलाले बताउनु भयो । यो संबिधान प्राप्त गर्न सबै राजनितिक दलहरु भुमिका रहेको उनको भनाई छ । गाउँपालिकामा रहेको १२ वटै स्वास्थ्य संस्थाहरुलाई स्टेचर प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरीराज खड्काले बताउनु भयो । कार्यक्रममा बिभीन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु,बिभीन्न कार्यालयका कर्मचारी सुरक्षाकर्मी तथा सञ्चारकर्मी लगायतको सहभागीता रहेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनु भयो ।

सोमबार, ०३ असोज, २०७९, रातीको ०८:१४ बजे

सम्बन्धित खवर