दमकको गणतन्त्र चोकमा संयुक्त दिपप्रज्वलन

 दमक / लोकतान्त्रिक बिद्यार्थीहरुको संगठन नेविसंघ र क्रान्तिकारी बिद्यार्थीहरुको संगठन अखिल क्रान्तिकारीले संविधान दिवसको अवसर पारेर आज साँझ दमकको गणतन्त्र चोकमा संयुक्त दिपप्रज्वलन कार्यक्रम गरेका छन ।

नेविसंघ झापाको देशव्यापी सर्कुलर अनुसार तय भएको सो कार्यक्रममा दमकस्थित अखिल क्रान्तिकारीमा आवद्ध बिद्यार्थीहरु समेतले सहभागिता जनाएका थिए ।

नेविसंघ झापाका कोषाध्यक्ष नवराज ढकालका अनुसार दिपप्रज्वलनमा दमकस्थित विभिन्न कलेजका बिद्यार्थी तथा पार्टी सम्बद्ध नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थकहरु समेतको उल्लेखिय सहभागिता थियो ।

सो अवसरमा नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भटटराई र माओवादी केन्द्रका एक नम्बर प्रदेश कोषाध्यक्ष गगन पुरीले संविधान दिवसको औचित्य र महिमाका बिषयमा प्रष्ट पार्दै शुभकामना मन्तव्य राखेका नेविसंघ दमक नगर सभापति विशाल अधिकारीले जानकारी दिए । सो अवसरमा आयोजित संक्षिप्त कार्यक्रमको सञ्चालन नेविसंघ दमक क्याम्पस इकाई सभापति द्रोण दाहालले गरेका थिए ।

लोकतन्त्र र संघीयतासहितको अधिकार सम्पन्न नेपालको संविधान २०७२ प्राप्तीको लागि योगदान गर्ने सबैप्रति सम्मान जनाउँदै र संविधानको रक्षाका लागि आव्हान गर्दै नेविसंघले जिल्लाका अन्य विभिन्न ठाउँहरुमा समेत दिपप्रज्वलन कार्यक्रम गरेको जनाइएको छ ।

सोमबार, ०३ असोज, २०७९, रातीको ०८:३८ बजे

सम्बन्धित खवर